सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • दुई महिनाको अवधिमा काभ्रेको ३३ वनमा डढेलो लाग्यो

दुई महिनाको अवधिमा काभ्रेको ३३ वनमा डढेलो लाग्यो

8675
Shares
दुई महिनाको अवधिमा काभ्रेको ३३ वनमा डढेलो लाग्यो

काभ्रे : काभ्रेमा दुई महिनाको अवधिमा विभिन्न ३३ सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा डढेलो लागेको छ । फागुन महिनाको पहिलो सातादेखि चैतको अन्तिम सातासम्म ३३ वन क्षेत्रको ६५० हेक्टरमा डढेलो लागेको जिल्ला वन कार्यालय धुलिखेलले जनाएको छ ।

कार्यालयका अनुसार फागुन पहिलो साता भुम्लु गाउँपालिका–४ स्थित लाँकुर भलभुले, चापानी, धारापानी र लाम्राङ आहालडाँडा सामुदायिक वनमा आगलागी भएको थियो । त्यसलगत्तै भुम्लुकै वडा नं ५ स्थित छेकर्पा र फागरखोला सामुदायिक वन तथा वडा नं ९ को घट्टेखोला सामुदायिक वन, चौँरीदेउराली गाउँपालिका–१ स्थित साँगास्वती, वडा नं ७ को मादन सल्लेरी सामुदायिक वनमा आगलागी भएको थियो ।

यस्तै खानीखोला गाउँपालिका–५ को फर्लेक धारपानी र गोल्मे सामुदायिक वन, पनौती नपा–५ चौकोटस्थित गैह्रीगाउँ, नमोबुद्ध नपा–३ को चरुवा सामुदायिक वन, मण्डनदेउपुर नपा–११ स्थित जैसिथोक सामुदायिक वन, वडा नं ९ को जुकेपानी, घ्याम्पेपानी र पौवा सामुदायिक वनमा डढेलो लागेको कार्यालयले जनाएको छ ।

यसैगरी बेथानचोक गाउँपालिका–५ र ६ वडास्थित राष्ट्रिय वन क्षेत्र तथा ५ नं वडाको दक्षिण भारत, चिसापानी सामुदायिक वन, ३ नं वडास्थित नारायणस्थान र गोरखनाथ सामुदायिक वन, २ नं वडाको जनजागृति, महाँकाल, पाट्नेखोला, खहरे, डुकुल्चे र अमिलचौर सामुदायिक वन क्षेत्रमा डढेलो लागेको हो । यस्तै पाँचखाल नपा–९ को सिम्ले लामीडाँडा र भान्छेपोखरी सामुदायिक वन, महाभारत गाउँपालिका–४ स्थित सार्दुङमुलेङ्ख सामुदायिक वन तथा ५ नं वडास्थित दुङ्गरीपाखा सामुदायिक वनमा डढेलो लागेको थियो ।

यस्तै नमोबुद्ध नगरपालिका–७ काँक्रेस्थित जङ्गलमा भएको आगलागी नियन्त्रण बाहिर रहेको बताईएको छ । काँक्रेको पौवाडाँडामा हिजो बिहान देखी आगलागी सुरु भएको हो ।

8675
Shares

ट्रेन्डिङ