सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • मुसहर जातिकालाई नमूना बस्ती बनाउने कार्य सुरु

मुसहर जातिकालाई नमूना बस्ती बनाउने कार्य सुरु

4095
Shares
मुसहर जातिकालाई नमूना बस्ती बनाउने कार्य सुरु

रहेका हास्य कलाकारद्वय सीताराम कट्टेल र सुन्तली कुञ्जना घिमिरेले मुसहर जातिलाई नमुना बस्ती बनाउन दिइको योगदानलाई कदर गर्दै बर्दिबास नगरपालिकाले गत आइतबार तेस्रो नगर परिषद्को अवसरमा सम्मान गरेको छ ।

नेपालमा आएको महा विशानकारी भूकम्पबाट नेपालले माठि उठ्न निकै समस्या परिरहेको छ । पुर्नःनिर्माण प्राधिरकण पनि यता उता केही काम गरिहेको अवस्था छैन । जसमा कलाकार सीताराम र कुञ्जनाले दिन रात नभनी नेपाल र नेपालीको लागि लागि परेका थिएन । उनले केही नमूना बस्ती बनाई चाहेमा जे पनि गर्न सकिने कुरालाई सावित गरेर देखाईदिए ।

नमूना बस्ती बनाउने क्रममा धुर्मुस सुन्तली फाउण्डेसनका संचालकद्वय सीताराम र कुञ्जनाले केही समय अघिमात्र महोत्तरी बर्दिवास–२ को मुसहर जातिको बसोबास रहेको दलित बस्तीलाई नमुना बस्ती बनाउने घोषणा गरेका थिए ।

जसका कारण उनीहरुलाई बर्दिवास नगरपालिकाले दोसल्ला ओढाएर कदरपत्र प्रदान गर्दै सम्मानित गरेको हो । सम्मान कार्यक्रममा पूर्वमन्त्री तथा महोत्तरी–१ का सांसद गिरिराजमणि पोखरेल र राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीको उस्थिति रहेको थियो ।

स्रोतका अनुसार बर्दिवास–२ को मुसहर बस्तीलाई सडक, बिजुली, खानेपानी र सरसफाइको पूर्वाधारसहितको एकीकृत नमुना बस्ती रु चार करोड ७८ लाखको लागतमा निर्माण गर्ने भएको छ । बस्तीका ५० परिवार मुसहरका लागि निर्माण हुने यी पूर्वाधारसहितका पक्की घर निर्माण कार्य हास्य कलाकारकै अर्को मह जोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

मुसहर जातिलाई धुर्मुस सुन्तली फाउण्डेसनबाट बनाइने सो नमुना बस्तीले हिमाल, पहाड र तराईबीच सद्भाव बढाउनेका काम गरेको स्थानीयहरुले बताएका छन् । देश संघियताको मामिलामा राष्ट्रियता माथिनै संकट पर्ने अवस्था सृजना भएको बेला कलाकार धुर्मुस सुन्तलीले यो महान कार्यमा मन, वचन र कर्मले साथ दिने
बताउछन् ।

4095
Shares

ट्रेन्डिङ