सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • रेडपाण्डाको छालासहित काभ्रेका श्रेष्ठ पक्राउ

रेडपाण्डाको छालासहित काभ्रेका श्रेष्ठ पक्राउ

11510
Shares
रेडपाण्डाको छालासहित काभ्रेका श्रेष्ठ पक्राउ

काठमाडौंको दरबारमार्गबाट प्रहरीले रेडपाण्डको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे पाँचखाल नगरपालिका–२ घर भएका ३८ वर्षीय रामकुमार श्रेष्ठ र दोलखाको मेलुङ गाउँपालिका–४ भेड्पु घर भएका २९ वर्षीय तुलसाङ दोर्जे गोले रहेका छन् ।

प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले उनीहरुलाई दरबारमार्गस्थित होटल मिर्चीबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीले अरोपीहरुको साथबाट १ थान रेडपाण्डाको छाला बरामद गरेको छ । आरोपीहरुबारे महानगरीय प्रहरी वृत दरबारमार्गले अनुसन्धान गरिरहेको छ ।

 

11510
Shares

ट्रेन्डिङ