सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • धुलिखेलमा कांग्रेसका सभापति बस्नेतको बागी उम्मेदवारी कायमै

धुलिखेलमा कांग्रेसका सभापति बस्नेतको बागी उम्मेदवारी कायमै

8970
Shares
धुलिखेलमा कांग्रेसका सभापति बस्नेतको बागी उम्मेदवारी कायमै

काभ्रे: धुलिखेल नगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेस धुलिखेलका नगर सभापति बिदुर बस्नेतले उम्मेदवारी कायम राखेका छन् ।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिने समय शुक्रबार अपरान्ह ५ बजेसम्मको लागि तोकेको थियो । अहिले धुलिखेल निर्वाचन कार्यालयले दावी विरोध फिर्ता लिने समय सकिएको भन्दै मुख्य गेट बन्द गरिसकेको छ ।

काभ्रेमा गठबन्धन भएसंगै धुलिखेल नगर प्रमुख नेकपा एकिकृतको भागमा परेको थियो । धुलिखेल आफ्नो भागमा पर्नुपर्ने भन्दै आक्रोशित भएका नेता बस्नेतले मनोनयनको अन्तिम दिन स्वतन्त्रबाट उम्मेरदवारी घोषणा गरेर मनोनयन दर्ता गरेका थिए ।

धुलिखेलमा गठबन्धनबीच कुरा नमिल्दा चुनावी परिणाममा ठूलो फेरबदल आउने देखिएको छ । शिर्ष नेताहरुले बस्नेतलाई उम्मेदवारी फिर्ता लिन बस्नेतलाई दबाब दिइरहे पनि बस्नेतले उम्मेदवारी फिर्ता नलिगेका हुन् ।

धुलिखेल नगरपालिकामा नेकपा एकिकृत समाजवादीका दया सागर श्रेष्ठले नगर प्रमुखका लागि उम्मेदवारी दिएका छन् । त्यस्तै उप प्रमुखमा निराजन जङ्ममले मनोनयन दर्ता गराएका छन् । उनी काँग्रेसतर्फका उम्मेरदवार हुन् ।

8970
Shares

ट्रेन्डिङ