सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • धुलिखेलमा एमालेको लफडा: मतगणना अनिश्चित

धुलिखेलमा एमालेको लफडा: मतगणना अनिश्चित

18235
Shares
धुलिखेलमा एमालेको लफडा: मतगणना अनिश्चित

धुलिखेल नगरपालिकामा एमालेले लफडा सिर्जना गरेपछि मतगणना अनिश्चित बनेको छ ।

वडा नम्बर १ देखि ८ सम्म मान्दै आएको नियम वडा नम्बर ९ मा पुगेपछि एमालेले एकाएक नमान्ने भन्दै असन्तुष्टि जनाएपछि हिजो साँझ ५ बजेदेखि मतगणना पूर्ण रुपमा ठप्प छ । एमाले बाहेकका सबै दलले पुरानै नियममा रहेर मतगणना अघि बढाउनु पर्ने अडान राखेका छन ।

दलहरुबीच जिल्लामा कुरा नमिलेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगलाई समस्या समाधानका लागि पत्र पठाएको छ । निर्वाचन आयोगको पत्रपछि पनि मतगणना सूचारू हुने अवस्था देखिँदैन ।

एमालेले यस कारण सहमति तोड्यो
धुलिखेल नगरपालिकाको वडा नम्बर ८ को मतगणना गरीसक्दासम्म जेब्रा चुनाव चिन्हले एमालेका मेयर पदका उम्मेद्ववार अशोक कुमार ब्याञ्जु श्रेष्ठसंगको मतान्तर निकै घटाएका थिए ।

वडा नम्बर ९ को १ सय मत गन्दा एमाले लगभग निराशाको अवस्थामा पुग्यो । १ सय मत गन्दा मेयरमा सुर्यले ४ मतमात्रै पाएको थियो । ९६ मत मेयरमा जेब्राले प्राप्त गरेको छ । वडा नम्बर ९ मा २ हजार २४ मत खसेको छ ।

एमालेलाई मनको डर
वडा नम्बर ९ स्वतन्त्र मेयर पदका उम्मेद्ववार विदुर बस्नेतको आफ्नै वडा हो । वडा नम्बर ९ को मतपेटिकाबाट मतपत्र गन्नका लागि भुईमा खन्याउने क्रममा लगभग एक छापे मत मेयरका उम्मेद्ववार जेब्रा चिन्ह र उम्मेद्ववार नै नरहेको रूख चिन्हमा स्वास्तिक छाप लागेको कर्मचारी र दलका प्रतिनिधिले देखे ।

त्यसपछि एमाले मेयर पदका उम्मेद्ववार अशोक कुमार ब्याञ्जु श्रेष्ठलाई मतगणना स्थलमा रहेका आफ्ना कार्यकर्ताले सुर्य चिन्हमा मत निकै कम रहेको रिपोर्टिङ गरे । लगत्तै मतगणना स्थलमा पुगेका ब्याञ्जुले मतगणना स्थगित गर्न मुख्य निर्वाचन अधिकृतलाई आग्रह गरे । लगभग तनाबको अवस्था सिर्जना भयो ।

वडा नम्बर ९ को प्रारम्भिक मत परिणामले अत्तालिएको एमालेलः यसअघिका सहमति नमान्ने भनेपछि मतगणना रोकिएको हो ।

यस्तो थियो सर्वदलीय निर्णय
मतदान सकिएपछि मतगणना गर्नु अघि दलका प्रतिनिधिबीच एक किसिमको सहमति हुन्छ । धुलिखेलमा मेयर पदका चुनाव चिन्ह जेब्रा र रुखमा छाप छ भने रूखको मत जेब्राको पक्षमा गणना गर्ने सर्वदलिय निर्णय भएको थियो ।

किन भने धुलिखेलमा रुखको मेयर पदमा उम्मेद्ववार छैन । त्यस्तै मेयरमा रूख र कलममा स्वास्तिक छाप छ भने रूखको मत कलमले पाउने । रूख र सुर्यमा छाप छ भने सुर्यले मत पाउने सर्वदलिय निर्णय भएको थियो ।

यसो गर्दा सबै दलले फाईदा लिईरहेका थिए । तर एमालेका मेयर पदका उम्मेद्ववार ब्याञ्जु मतगणना स्थलमा पुगेर यसअघिको सहमति र निर्णय नमान्ने भनेपछि लामो समयदेखि मतगणना रोकिएको हो ।

धुलिखेलमा मुख्य निर्वाचन अधिकृतले दलहरूको सहमतिलाइ कार्यन्वयन गरेको पाईन्छ । तर निर्वाचन आयोगको ऐन, कानुनले ७ वटा स्वास्तिक छाप हान्नु पर्ने ठाउँमा ८ वटा छाप हुने वित्तिकै त्यो मत बदर हुने स्पष्ट लेखेको छ ।

काभ्रेको १२ वटै पालिकामा त्यहि ऐन, कानुन अनुसार मतगणना भैरहेको छ । तर धुलिखेलमा मुख्य निर्वाचन अधिकृतकै कार्यालय रहेको ठाउँमा भने मतगणनामा सुरूदेखि नै दलगत स्वार्थ देखिएको छ । त्यसलाई मुख्य निर्वाचन अधिकृतले समेत साथ दिएको पाईन्छ ।

18235
Shares

ट्रेन्डिङ