सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • काभ्रेमा बुलेरो दुर्घटना हुदा ११ जना घाईते

काभ्रेमा बुलेरो दुर्घटना हुदा ११ जना घाईते

2860
Shares
काभ्रेमा बुलेरो दुर्घटना हुदा ११ जना घाईते

काभ्रे । काभ्रेको बेथानचोक गाउपालिका १ निगालेमा १८ जना यात्रु चढेको बूलेरो गाडि दुर्घटनामा परेको छ ।

खानिखोला गाउपालिकाको केन्द्र तालढुङ्गाबाट बेथानचोक तर्फ आउदै गरेको बा १४ च ७०७७ नं. को डबल क्याप बलेरो ब्रेक फेल भई सडकमा पल्टदा बलेरोमा सवार १८ मध्ये ११ घाईते भएका हुन ।

दुर्घटनामा घाइतेहरुको उपचारको लागि धुलिखेल अस्पताल ल्याउदै गरेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेको गाडी नेकपा एमाले खानीखोलाको चियापान बाट फर्कने क्रमको बुलेरो बेथान्चोक गाउपालिका वडा न १ को निगालेमा दुर्घटना भएको हो । घाईते मध्य केहिको अवस्था गम्भीर रहेको समेत प्रहरीले जनाएको छ ।

यधपी घाईतेको विवरण भने आउन बाकी ।

2860
Shares

ट्रेन्डिङ