सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • पेट्रोल पम्पमा ग्यास विस्फोट हुँदा २ जना घाइते

पेट्रोल पम्पमा ग्यास विस्फोट हुँदा २ जना घाइते

4165
Shares
पेट्रोल पम्पमा ग्यास विस्फोट हुँदा २ जना घाइते

काठमाडौंको टेकुस्थित कनक पेट्रोल पम्पमा ट्याङ्की वेल्डिङ गर्ने क्रममा ग्यास विस्फोट हुँदा २ जना घाइते भएका छन् ।

काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार इन्धन राख्ने ट्याङ्कीको ढक्कन वेल्डिङ गर्ने क्रममा ग्यास बिस्फोट हुँदा पर्सा जगन्नाथपुर- ३ का ३० वर्षका किशोरी साह र १८ वर्यषका दिपककुमार साह घाइते भएका हुन् ।

किशोरीको दुबै खुट्टा, हात र अनुहारको केही भाग जलेको छ भने दिपकको बाँया गालामा पोलेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ ।

4165
Shares

ट्रेन्डिङ