सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रे जिसस प्रमुख गौतमद्वारा बाढीग्रस्त बीपी राजमार्गको अनुगमन

काभ्रे जिसस प्रमुख गौतमद्वारा बाढीग्रस्त बीपी राजमार्गको अनुगमन

12330
Shares
काभ्रे जिसस प्रमुख गौतमद्वारा बाढीग्रस्त बीपी राजमार्गको अनुगमन

काभ्रे : जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले बाढीग्रस्त बीपी राजमार्गको अनुगमन गर्नुभएको छ ।

जिसस प्रमुख गौतमले आज रोशी गाउँपालिका वडा नम्बर ११ अन्तर्गत कालढुंगामा केहीदिन अघि आएको बाढीले क्षति पुर्याएको बीपी राजमार्गको स्थलगत अनुगमन गर्नुभएको हो । स्थलगत अनुगमन गर्दै जिसस प्रमुख गौतमले बीपी राजमार्ग हेर्ने इकाइलाईसंग समन्वय गरेर राजमार्गलाई सहज बनाउन पहल गर्ने बताउनुभयो ।

बाढी मुख्य राजमार्ग अवरुद्ध भएपछि सडक माथि र सडकको डिलबाट यातायात सञ्चालनको ब्यवस्था मिलाइएको छ । जिसस प्रमुख गौतमले पालिकाले सक्ने काम तत्काल गर्न र आवश्यक समन्वय बीपी राजमार्ग हेर्ने इकाइसंग गर्ने बताउनुभयो ।

‘माथिबाट आउने भलको निकास उचित ढंगले नहुँदा लेदो र गेगर थुप्रिएर राजमार्गमा सहज यातायात सञ्चालन नभएको पाइयो । यसलाई गाउँपालिकाले के गर्न सक्छ त्यो तत्काल अघि बढाउन भनेको छु । म यो राजमार्ग हेर्ने इकाइसंग पनि तत्काल समन्वय गर्छु । राष्ट्रिय राजमार्गलाई यसरी लामो समयसम्म असहज बनाइराख्नु हुँदैन । जिसस प्रमुख गौतमले भन्नुभयो ।’

पालिका अध्यक्ष लामाले राष्ट्रिय राजमार्ग पालिकाको क्षेत्रधिकार भित्र नपर्ने भएता पनि यात्रुले खेपिरहेको समस्या हेरेर नबस्ने भन्दै आवश्यक काम अघि बढाउने बताउनुभयो । ‘राष्ट्रिय राजमार्ग गाउँपालिकाको क्षेत्रधिकारभित्र पर्दैन । तर पनि हामी यसो भन्दैमा पन्छिदैनौँ । थप समन्वय गरेर जतिसक्दो छिट्टो सडकलाई सहज बनाउने काम गर्छौँ । अध्यक्ष लामाले भन्नुभयो ।’

जिसस प्रमुखको साथमा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, जिसस उपप्रमुख रिम बहादुर लामा, समन्वय अधिकारी, गाउँपालिकाका इन्जिनियर, इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक हरि बहादुुर बस्नेत लगायत सहभागि हुनुभएको थियो ।

प्रहरी निरीक्षक बस्नेतका अनुसार बर्खाको बेला राजमार्ग अवरोध नहोस् भन्नका लागि दुई वटा स्काभेटर तयारी अवस्थामा राखिएको छ । स्काभेटर राखिएता पनि भनेको समयमा इन्धन र चालकको ब्यवस्थापन गर्न मुस्किल रहेको बस्नेतले बताउनुभयो ।

12330
Shares

ट्रेन्डिङ