सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेबाट संसद र सरकारमा सहभागी ३५ जनाः बास्कोटामात्रै विवादित

काभ्रेबाट संसद र सरकारमा सहभागी ३५ जनाः बास्कोटामात्रै विवादित

3655
Shares
काभ्रेबाट संसद र सरकारमा सहभागी ३५ जनाः बास्कोटामात्रै विवादित

काभ्रे : बहुदलिय ब्यवस्था आएपछि काभ्रेपलाञ्चोक जिल्लाबाट ३५ जना सांसदले हालसम्म प्रतिनिधित्व गरेका छन । प्रत्यक्ष निर्वाचन, समानुपातिक प्रणाली र मनोनितबाट प्रतिनिधि सभा, संविधान सभा र प्रदेश सभामा गरी ३५ जना सांसद काभ्रेपलाञ्चोक जिल्लाबाट बनेका हुन् । तर देशभरमा तेस्रो अत्याधिक मत सहित विजयी भएर मन्त्री बनेका गोकुल बास्कोटा जस्तो विवादास्पद छविको सांसद अरु कोही भएनन् ।

काभ्रे जिल्लाबाट सांसद भएका केशव बडाल र राजेन्द्र खरेल मन्त्री हुनुभएको थियो । गोविन्दनाथ उप्रेती, सुर्यमान दोङ, कञ्चनचन्द्र बादे र रेशम लामा संघीय सरकारको राज्य मन्त्री हुनुभएको थियो । त्यस्तै प्रदेश सरकारकामा चन्द्र लामा, बसुन्धरा हुमागाई र रत्न ढकाल मन्त्री हुनुभयो । हुमागाई र ढकाल अहिले पनि बहालवाला मन्त्री हुनुहुन्छ ।

२०७४ साल मंसिर २१ गते सम्पन्न निर्वाचनमा काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित बास्कोटा नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि राज्य मन्त्री हुँदै फुलमन्त्री, सरकारको प्रवक्ता र शहरी विकास मन्त्री समेत हुनुभयो । तर ७० करोड रुपैयाँ बार्गेनिङ गरेको अडिओ रेकर्ड सार्वजनिक भएपछि बास्कोटाको मन्त्री पद गुम्यो ।

गोकुल बास्कोटाले २०७४ को चुनावमा सानदार जित दर्ता गरेपछि अप्रत्याशित रुपमा राष्ट्रिय राजनीतिमा चर्चा कमाए । साथसाथै विवादमा पनि आए । बास्कोटाले सेक्युरिटी प्रिन्टिप्रेस खरिदमा ७० करोडको मोलमोलाई गरेको अडिओ बाहिरिएको थियो । बास्कोटाको त्यो अडिओबारे स्वतन्त्र पुष्टि भइसकेको छैन । तर, मन्त्रीबाट फिर्ता बोलाइएपछि एमाले पार्टी अध्यक्ष प्रधानमन्त्री केपी ओली स्वयंमले चाहेर पनि बास्कोटालाई दोस्रोपटक मन्त्री बनाउन सक्नुभएन ।

अहिले बास्कोटाकै गृह नगरमा समेत खुलाम खुल्ला ७० करोड भनेर आलोचना भैरहेको छ । ७० करोडको आरोपका विरुद्ध काभ्रे जिल्लामा ठूल ठूला विकासका परियोजना ल्याएको र पाइप लाइनमा रहेको दाबी एमाले नेता कार्यकर्ता, समर्थक, शुभचिन्तकले गरिरहेका छन् ।

तर गठबन्धनमा आबद्ध दलका नेता कार्यकर्ताले मात्रै होइन स्वयम एमालेभित्रै कयौँ सुशासन चाहाने नेता कार्यकर्ता समेत बास्कोटाको ७० करोड अडिओ रेकर्ड सार्वजनिक पछि आफुहरुको आत्मसम्मानमा टेस पुगेको अनुभूति गर्छन् ।

बास्कोटाकै कारण सिँगो काभ्रेपलाञ्चोक जिल्लाको बदनाम भएको बताउनेको संख्या दिनप्रतिदिन ब्यापक बनिरहेको छ । अझ यही मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा बास्कोटा आफै काभ्रे प्रतिनिधि सभा २ मा उम्मेदवार भएकाले पनि टिकाटिप्पणी ब्यापक बनिरहेको छ । बास्कोटाले उक्त अडिओ आफ्नै भएको स्वीकार गर्न मानेका छैनन् ।

पत्रकारले सोध्ने प्रश्न र कतिपय सार्वजनिक कार्यक्रमहरुमा बास्कोटाले ७० करोड मात्रै होइन अर्बौ अर्ब हान्देको हो, ब्यक्तिको होइन, राज्यको हो, भन्ने अभिब्यक्ति दिँदै हिड्छन । सामान्य परिवारमा जन्मेका बास्कोटा यतिसम्मको आर्थिक घोटलामा फसेको देख्दा उनका समकक्षीहरु समेत चकित परेको पाइन्छ ।

राष्ट्रिय राजनीतिमा जतिछिटो बास्कोटाले स्पेस पाए । त्यत्ति नै छिटो स्खलित पनि भए । यसले बास्कोटाको ब्यक्तिगत राजनितिक जीवन मात्रै होइन । सिँगो काभ्रे जिल्लालाई एउटा कलंकको छाप परेको छ ।

 

3655
Shares

ट्रेन्डिङ