सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेमा नाबालिका र किशोरीलाई यौन धन्दामा लगाउने मैनाली पक्राउ

काभ्रेमा नाबालिका र किशोरीलाई यौन धन्दामा लगाउने मैनाली पक्राउ

26630
Shares
काभ्रेमा नाबालिका र किशोरीलाई यौन धन्दामा लगाउने मैनाली पक्राउ

काभ्रे : ईकाला प्रहरी कार्यालय बनेपाले नाबालिका र किशोरीलाई यौन धन्दामा लगाउने एक जनालाई पक्राउ गरेको छ ।

बनेपा नगरपालिका वडा नम्बर ८ मा लामा क्याफे तथा बनेपा बजार एरियाहरूमा रहेको होटल, रेष्टुरेन्टहरूमा बेश्याबृत्ति यौनधन्दा भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा खटेको प्रहरीले सिपाली चिलाउने गा.बि.स वडा नम्बर ८ हाल रोशी गाउँपालिका वडा नम्बर ६ स्थायी घर भई हाल जिल्ला काभ्रेपलाञ्चोक बनेपा वडा नम्बर ८ मा लामा क्याफे संचालन गर्दै आएका २९ को राधाकृष्ण मैनालीलाई नियन्त्रमा लिएको हो ।

प्रहरीले उक्त होटल एण्ड गेष्ट हाउसमा रहेका ३ जना नाबालिका र किशोरीलाई उद्धार गरेको छ । होटल सञ्चालकले ललाई फकाई, आर्थिक प्रलोभनमा पारी, विश्वास दिलाई होटलमा आउने ग्राहकहरूसँग जवरजस्ती शारिरीक सम्पर्क गर्न बाध्य बनाउने गरेको गुनासो आएपनि प्रहरीले बनेपामा सर्च अभियानलाई तीब्र पारेको छ ।

पक्राउ परेका मैनालीलाई मानव बेचबिखन तथा ओसरपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम जाहेरी दरखास्त लिएर जिल्ला अदालत धुलिखेलबाट पहिलो म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

केहीदिन अघि पनि बनेपाबाट नाबालिका र किशोरीलाई यौनधन्दा गराउने एक जना होटल सञ्चालक र एक जना मजदुर पक्राउ परेका थिए ।

26630
Shares

ट्रेन्डिङ