सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • नमोबुद्धमा बर्षाले घर भत्किएकालाई रेडक्रसको सहयोग, नगर प्रमुखले आश्रय दिने

नमोबुद्धमा बर्षाले घर भत्किएकालाई रेडक्रसको सहयोग, नगर प्रमुखले आश्रय दिने

4460
Shares
नमोबुद्धमा बर्षाले घर भत्किएकालाई रेडक्रसको सहयोग, नगर प्रमुखले आश्रय दिने

काभ्रे : अबिरल बर्षाका कारण घर भत्किएर बासस्थान गुमाएकी एकल महिलालाई नेपाल रेडक्रस सोसाइटी डराउनेपोखरी उपशाखामार्फत राहत उपलव्ध गराइएको छ ।

मंगलबार अबिरल बर्षाका कारण नमोबुद्ध–७, काक्रे निवासी एककुमारी न्यौपाने श्रेष्ठको घर पूर्ण क्षति हुँदा उनी आवासविहिन भएकी थिइन् । घटनाको जानकारी पाएपछि नेपाल रेडक्रस सोसाइटी काभ्रेले उपलव्ध गराएको राहत लिएर डराउनेपोखरी उपशाखाका सभापति नविन अधिकारी, नेपाल मानवअधिकार संगठन नमोबुद्धका अध्यक्ष श्यामगोपाल श्रेष्ठ, रेडक्रस उपशाखाका सचिव खड्गबहादुर श्रेष्ठ, सदस्य शिव श्रेष्ठ लगायत रेडक्रसकर्मीहरु पुगेका थिए ।

 

न्यौपानलेलाई तत्कालको लागि त्रिपाल, कम्वल र भाँडाकुडा उपलव्ध गराइएको छ । धुलिखेल अस्पतालको काक्रे स्वास्थ्य केन्द्रमा कार्यरत मोहनकृष्ण श्रेष्ठ लगायतले समन्वय गरेका थिए ।

यता, पीडित न्यौपानेलाई नगर प्रमुख कुनसाङ लामाले तत्कालको लागि आश्रय दिएका छन् । उनको आवास निर्माण नभएसम्म नगर प्रमुख लामाले आश्रय दिने बताए ।

परिवारका कोही सदस्य नभएकी न्यौपानेलाई नगरपालिका, वडा कार्यालयसहित अन्य दाताको सहयोगमा घर बनाइदिने प्रतिवद्धता पनि नगर प्रमुख लामाले गरेका छन् ।

4460
Shares

ट्रेन्डिङ