सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेमा व्यक्तिको नाम रहेको ३६ रोपनी जग्गामा प्रहरीले आफ्नो संरचना बनाउँदै

काभ्रेमा व्यक्तिको नाम रहेको ३६ रोपनी जग्गामा प्रहरीले आफ्नो संरचना बनाउँदै

सर्वोच्च अदालतमा मुद्दा दायर

16260
Shares
काभ्रेमा व्यक्तिको नाम रहेको ३६ रोपनी जग्गामा प्रहरीले आफ्नो संरचना बनाउँदै

काभ्रे : काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकामा ८ अर्बभन्दा धेरैको लगानीमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भवन निर्माणको जग्गा नै व्यक्तिको नाम रहेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।  कुल ४१.८६ हेक्टर क्षेत्रफलमा प्रतिष्ठानको भवन निर्माण हुन लागेको मध्ये ३६ रोपनी जग्गा आफ्नो नाममा रहेको भन्दै पुस्कर बहादुर बस्नेतले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन्  ।

काभ्रेको पनौती नगरपालिका वडा न ६ मा रहेको ३६ रोपनी जग्गा प्रहरीले भोगचलन गरीरहेको अवस्थामै ब्यक्तिले आफ्नो दाबी गरेर मुद्दा दायर गरेका छन । २०५२मा मन्त्री स्थतरिय निर्णयबाट प्रहरी प्रतिष्ठानलाई भोगचलनको अधिकार दिएको थियो ।

सोही निणय र प्रहरी प्रतिष्ठान र गृह मन्त्रालयको समेत निर्णयमा केही महिना अघि मात्र बालकृष्ण खाँड गृह मन्त्री पनौती नगरपालिकाको वडा नम्बर ६ मा उक्त प्रतिष्ठानको भवन निर्माणका लागि राष्ट्रिय प्रहरी प्रतिष्ठानले वातावरण विभागमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पेस गरेको हो ।

प्रतिवेदनकाअनुसार कुल ४१.८६ हेक्टर क्षेत्रफलमा प्रतिष्ठानको भवन निर्माण हुन लागेको हो । कुल लागत ८ अर्ब ७९ करोड १३ लाख ८० हजार रुपैयाँ रहने प्रतिवेदनमा उल्लेख छ ।

पनौती नगरपालिका नम्बर ६ को ७ सय ३५ रोपनी हाराहारी जग्गा मध्य कित्ता नं ७५ को ३६ रोपनी २ पैसा क्षेत्रफल जग्गा भने स्थानीय पुष्कर बहादुर बस्नेतले आफ्नो पुर्खाले भोगचलन गरेको साथै तिरो तिर्दै आएको र पटक पटक मालपोतमा जग्गा छुट दर्ताका लागि निवेदन रित पुर्वक दिदा समेत दर्ता नगरेको र मन्त्रीको निणयबाट आफ्नो पुस्ताको स्वामित्वमा हुनुपर्ने दावी सहित जिल्ला मालपोत काभ्रे, गृह मन्त्रालय ,बन तथा बाताबरण मन्त्रालय , जिल्ला बन कार्यालय काभ्रे र प्रहरी प्रधान कार्यालय सहित ४ कार्यलय र पुस्करकै भाउजू पर्ने कान्छी बस्नेत समेतलाई बिपक्ष बनाएर २०७४ चैत्र १ गते नै पुस्करले मुद्दा दर्ता गरेका थिए । त्यसपछि मुद्दा निरन्तर सर्वोच्च अदालतमै हिले सम्म विचाराधिन अवस्थामै छ ।

निर्माणाधीन राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरी प्रतिष्ठानको नाममा समेत नगएको र निज दाबी गर्ने पुस्करको पुस्ताको नाउमा समेत दर्ता नभएको जिल्ला मालपोत कार्यलय काभ्रेका सुचना अधिकारी गंगा प्रसाद पोखरेलले जानकारी दिए  ।

उनका अनुसार २०३०/३१ सालमा नापिका बखतमा फिल्डबुकमा पुष्करको हक लाग्ने पुस्ताको नाउमा देखिए पनि हाल सम्म कसैको नाउमा पुर्जा जारी नगरेको जानकारी दिएका छन । उनका अनुसार उनका पुस्ताको हकदावी प्रमाणित हुन् नसकेपछि र २०५२ को मन्त्री स्थरीय निर्णयको कारण नै मालपोतले छुटदर्ताका लागि निदेदन दिदा पनि दर्ता नगराएको हो ।

यता बि.सं २०५२ सालमा नेपाल सरकारको मन्त्री स्थारिय निर्णयबाट सो जग्गा प्रहरीलाई भोग चलन गर्न दिएको र सोहि बेलामा समेत आफुले मन्त्रालयमै उजुरी गर्दा स्थालगत अध्यन गरि प्रतिबेदन पठाउने अधिकारीले समेत व्यक्तिले केहि क्षेत्र आवादी गरिरहेको भनि प्रतिबेदन बुझाएको र आफुले जग्गा छुट दर्ताका लागि २०६४/०९/२३ गते र २०६८/११/२१मा दोस्रो पटक सम्म दर्ताका लागि भाउजुको स्वामित्वमा पहिला पुस्तान्तरण अनुरुप् मात्र जादा आफ्नो हक सम्म लाग्ने हुनाले भाउजु कान्छी बस्नेतलाई नै छुट दर्ता निवेदन दिएको पुस्कर बताउछन  ।

उनका अनुसार आफ्नो बाबु हस्त बहादुर बस्नेतको २०२१/०९ / १३ मा मृत्यु भयो र २०४५ /११/१९ गते दाजु दुर्गा ब बस्नेतको नि मृत्यु भयो र भाउजुको नाउमा सो र अन्य जग्गाको स्वामित्व गएको उनको दावी छ  ।

उनीले हामि संगको कुराकानीमा उनीले र उनका बाबु र दाजुले सोहि कित्ता नं ७५ कै जग्गाको तिरो तिरेको रसिद देखि अन्य नापी कार्यालय संग भएको विवरण र मुद्धा सम्बन्धि सबै जानकारी दिए पनि मुद्धालिई प्रभाब पर्ने र आफ्नो वकिलले मिडियामा नबोल्ने सल्लाहा दिएकाले क्यामरामा बोल्न भने मान्नेन्न ।

उता प्रहरी भने पुस्करले नै किर्ते कागज गरेको र सो जग्गा हत्याउन खोजेको भन्दै पुस्करले खाएको जागिर र त्यस संग सम्बन्धित कागजात समेत झिकाउन पत्राचार गरीरहेको छ l पुस्कर बस्नेत काभ्रे मालपोतकै पूर्वनायबसुब्बा हुन् । उनले तेहा त्यहाँ रहादा सरकारी कागजात किर्ते गरेको हुन् सक्ने प्रहरीको आकलन छ ।

यता प्रहरीको नाममा नामसारी गर्न नमिल्ने भएकाले भोगचलनको अधिकार मात्र दिइएको थियो । पनौती नगरपालिका– ६ मा पर्ने सो जग्गा कित्ता नम्बर ७५ अन्तर्गत पर्छ । सोही जग्गासमेत समेटेर गत वर्षदेखि भारतीय अनुदान सहयोगमा त्यहाँ १० अर्ब रुपैयाँको लागतमा आधुनिक प्रहरी एकेडेमी निर्माण गर्न लागिएको छ । सो जग्गा व्यक्तिले दाबी गर्दै सर्वाेच्चमा मुद्दा हालेपछि प्रहरी अधिकारी झस्किएका छन् ।

सरकारी जग्गा जोगाउने जिम्मेवारी आफूहरूको पनि भएकाले सो जग्गालाई बचाउन प्रहरी लागेको प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रहेका एआइजी टेकप्रसाद राई बताउँछन् ।

‘एक व्यक्तिले नक्कली कागजपत्र बनाएर सो जग्गा आफ्नो भएको दाबी गरी मुद्दा हालेका छन् भन्ने सुनिएको छ,’ उनी भन्छन्, ‘तर, सरकारी जग्गा जोगाउन हामी लागिपरेका छौँ ।’ प्रहरीविरुद्ध मुद्दा हाल्ने बस्नेत मालपोत कार्यालयकै पूर्वकर्मचारी भएकाले उनले सरकारी कागजपत्र किर्ते गरी सच्याएको प्रहरी अधिकारीको दाबी छ ।

पछि बस्नेतले भाउजू कान्छी बस्नेतलाई जिल्ला अदालत काभ्रेमा अंश मुद्दा हाल्न लगाएका थिए । उक्त जग्गासमेत दाबी गरी मुद्दा हाल्न लगाएकोमा जिल्ला अदालत काभ्रेले तिरो तिरेको जग्गा दर्ता भएको वेला उनलाई दिन आदेश दिएको थियो । सो आदेशअनुसार नजिकैको १२ रोपनी जग्गा उनको नाममा दर्ता भइसकेको छ ।

अदालतको सोही निस्सा देखाएर थप ३६ रोपनी जग्गा दाबी गर्दै उनी २०७४ मा मालपोत गए । तर, वनको जग्गा प्रष्ट देखिएको र कागजपत्रमा केरमेट देखेपछि मालपोतका कर्मचारीले दर्ता गर्न मानेनन् । सो जग्गा आफ्नो भएको दाबी गर्न उनले त्यसको तिरो तिरेको प्रमाण सँगै अन्य सरकारी रेकडहरु समेत पेश गरेका छन्   ।

त्यसो त पुस्करभने सो जग्गा सरकारले अहिले प्रहरी एकेडेमी बनाउन लाग्नु अदालतकै अपहेलना गरेको दाबि नै गर्छन   । उनले मन्त्री स्थारिया निर्णय हुना साथ तत्कालिन राज्यमन्त्री वीरमणि ढकाललाई नै निवेदन दिएर यथास्निथिति बुझ्ने गरी कर्मचारी खाटाएको र सो प्रतिवेदनले समेतले व्यक्तिको भएको उल्लेख गरेको पुस्करले दावी गर्दै आएका छन्   । दायर गरेको मुद्दाको पहिलो पेसीले नै जग्गा यथास्थितिमा राख्नु भन्ने आदेश दिएको उनले बताए   । यदपि त्यहाँ हाल भने भवन निर्माण तिब्र गतिमा भइरहेको छ   ।

16260
Shares

ट्रेन्डिङ