सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • काभ्रेमा मोटरसाइकल चोर्ने २ जना पक्राउ

काभ्रेमा मोटरसाइकल चोर्ने २ जना पक्राउ

4690
Shares
काभ्रेमा मोटरसाइकल चोर्ने २ जना पक्राउ

काभ्रे : ईलाका प्रहरी कार्यालय बनेपाले चोरीको मोटरसाकल सहित बनेपाका दुई जनालाई प्रक्राउ गरेको छ ।

प्रहरीले बनेपा नगरपालिका वडा नम्बर ७ का ३२ बर्षीय साजन शाक्य र वडा नम्बर ८ का ३४ बर्षीय विवश मानन्धरलाई आज नियन्त्रणमा लिएको हो ।

उनीहरुले हिजो राति साढे ११ बजेतिर चौरीदेउराली गाउँपालिका वडा नम्बर ८ स्थायी ठेगाना भई बनेपा नगरपालिका वडा नम्बर ८ मा डेरा गरी बस्दै आएका पेम्बा सिंह तामाङको बा. ६२ प. ५६०३ नम्बरको होण्डा कम्पनीको साईन मोटरसाइकल चोरी गरेका थिए ।

प्रहरीले चोरी भएको मोटरसाइकल साजनको घरबाट बरामद गरेको हो । मोटरसाइकल चोरेर पछाडी पट्टीको नम्बर प्लेट समेत निकालि लुकाई छिपाई राखेको अवस्थामा साजनको घरबाट फेला परिएको ईप्रका बनेपाले जनाएको छ ।

दुबै जनालाई चोरी सम्बन्धि कसुर मुद्दामा काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

4690
Shares

ट्रेन्डिङ