सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • काभ्रेमा जुवाखालबाट पक्राउ परेका वडा अध्यक्षसहित ९ जना नै छुटे

काभ्रेमा जुवाखालबाट पक्राउ परेका वडा अध्यक्षसहित ९ जना नै छुटे

नयाँ कानुन बमोजिम जमानतमा छोडेको प्रहरी दाबि

6320
Shares
काभ्रेमा जुवाखालबाट पक्राउ परेका वडा अध्यक्षसहित ९ जना नै छुटे

काभ्रे : काभ्रेको पाँचखाल नगरपालिका वडा न ४ को एक घरमा जुवाखेली रहेको अवस्थामा नगद रकम सहित पक्राउ परेका वडा अध्यक्ष सहित ९ जनालाई काभ्रे प्रहरीले छाडेको छ । प्रहरीले पक्राउ गरेको केहि घण्टामै जमानतमा छोडेको हो ।

जिल्ला प्रहरी कार्यलय काभ्रेका प्रमुख भागेन्द्र पुरुष ढकालका अनुसार प्रहरीले जुवा खेलिरहेको अवस्थामा पाँचखाल बाट पक्राउ गरेका ९ नै जनालाई नयाँ कानुन बमोजिम जमानतमा छोडिएको बताए ।

उनले भने नयाँ कानुन आएको छ । नयाँ कानुन बमोजिम छोडेको र मानिसहरुलाई चै थुनेरमात्र अनुसन्धान हुने भन्ने लाग्नाले हो । नयाँ कानुनको हामिले पनि प्रयोग गरेको हो पहिला यो कानुन प्रयोग गरिएको थिएन । अहिले त्यो प्रयोग गरेका हौ र जमानतमा छोडेको जानकारी सबैको समाचारलाई दिएका छन ।

दिउँसो पक्राउ परेपछी नै पक्राउ परेका व्यक्तिको पहिचान माग्दा पहिचान नखुलाएका प्रहरी प्रमुख भागेन्द्र पुरुष ढकालले अहिले भने केही घन्टामै छोडेको जानकारी दिएका छन ।

आज दिउँसो ४ बजेतिर प्रहरीले जुवातास खेलिरहेको अवस्थामा वडाध्यक्षसहित ९ जनालाई पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा एमाले र कांग्रेसका नेताहरुसमेत रहेका हामीलाई प्राप्त स्रोतले जनायो छ ।

6320
Shares

ट्रेन्डिङ