सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • नागरिकको अपेक्षालाई केन्द्रमा राखेर कार्य गर्नु पर्छ : महान्याधिवक्ता पोखरेल

नागरिकको अपेक्षालाई केन्द्रमा राखेर कार्य गर्नु पर्छ : महान्याधिवक्ता पोखरेल

जिल्ला सरकारी वकिलको नवनिर्मित भवन समुद्घाटन

1260
Shares
नागरिकको अपेक्षालाई केन्द्रमा राखेर कार्य गर्नु पर्छ : महान्याधिवक्ता पोखरेल

काभ्रे :- काभ्रेको सरकारी वकिल कार्यालयको नयाँ भवन आज समुद्घाटन गरिएको छ। २०७९ असार २० गते तात्कालिन महान्याधिवक्ता खम्ब बहादुर खातीले सिलान्यास गर्नु भएको भवन आज बहाल रहेका महान्याधिवक्ता दिनमणि पोखरेलले आज समुद्घाटन गरेका हुन्।

जिल्ला सरकारी वकिल कार्यालयको नब निर्मित भवन २ रोपनी जग्गामा निर्माण गरिएको हो। धुलिखेल नगरपालिका वडा न ७ सरस्वति बजार धुलिखेल काभ्रेभंज्यांङ्ग सडक खण्ड स्थित आफ्नै जग्गामा निर्माण गरिएको भवनको निर्माणको जिम्मा लिएको देवी बज्र जे भीले लिएको थियो। भवन निर्माण गर्न जे भीले ३ करोड १९लाख १२ हजार ४ सय २० रुपैया भ्याट बाहेकको रकममा सम्झौता गरि निर्माण प्रारम्भ गरेको हो। भ्याट सहित ४ करोड ९२ लाख ६४ हजार २ सय रहेको थियो।

सम्झौतामा २०८० भाद्र ३० गते सम्म निर्माण सम्पन्न गर्ने जिम्मेवारी पाएको जेभिले काम भने समय अगाबै सकेकाले आज १८ दिन पहिले नै भवनको समुद्घाटन गरिएको हो। कार्यालयको निर्माणको प्राविधिक साहायता भने सहरी विकास तथा भवन निर्माण कार्यालय काभ्रेले गरेको थियो।

सोहि भवनको समुद्घाटन गर्न काभ्रे आएका महान्याधिबक्ता दिनमणि पोखरेलले कार्यक्रमलाई सम्बोधन गर्दै हाल जिल्ला सरकारी वकिलको कार्यालयलाई अधिकार सम्पन्न गराउदै गएको र जिमेवारी बढ्दै गएको भन्दै सरकारी वकिल कार्यालयका वकिलहरुलाई बताए। सँगै पहिले जिल्ला अदालत काठमानडुमा मात्र गरिने साइबर अपराध अहिले सबै जिल्लामा सेवा विस्तार गरेको जानकारी दिए। तेस्तै चेक अनादरको पनि उच्च अदालतको बाणिज्य इजलासमा भएको पनि हाल सबै जिल्ला अदालतमा पुर्याएको बताएका छन्। भन्सनुको अर्थ नया नया अपराधहरुमापनि आफुलाई सहि ढंगले प्रतिनिधित्व गराउन सक्ने गरि कार्य गर्ने सरकारी वकिल र न्याधिशहरुमा पनि यी नया प्रकृतिको मुद्धाहरुमा अवसर र चुनौती सँगै आएको पनि उल्लेख गरेका थिए। पछिल्लो दिनहरुमा सेवा ग्राहिको सेवा पाउने अधिकार सुनिस्चित गर्न र सहजताका लागि महान्याधिवक्ताको कार्यालय पुग्नु पर्ने बाध्यता हटाएर गुणस्तरीय सेवा पाउने सेवा ग्राहिको अधिकार सुनिस्चित गर्ने जिम्मेवारी हाम्रो काधमा थपिएको जानकारी दिएका थिए।

सरकारी वकिलको काम मुद्धा अभियोजन अथवा बहस गर्नेमात्र नभई क्रिमिनल जस्टिज सिस्टमको अरुचै एजेन्सीहरु संग समन्वय गर्ने तथा सहि मार्गमा डोर्याउने र मानब अधिकारको समरक्षण गर्ने जिमेवारी पनि संबिधानले महान्याधिवक्ताको कार्यलय र मातहतका सरकारी वकिलको कार्यालयलाई प्रत्यायोजन गरेर राखेका छौ। त्यसको सुनिस्चता गर्ने जिमेवारी पनि आएको उल्लेख गरेका छन्।

 

सजायमा छुट दिने निर्देशिका ल्याएर भैजदारी सहितालाई कार्यन्वयन गर्ने देश ब्यापी एउटा अभियान संचालन गर्दै आएको उल्लेख गरे। सँगै नया भवन बाट कानुनि मान्यतालाई कार्यन्वयन गर्ने जिम्मेवारी आएको पनि अवगत गराएका थिए। हाम्रो जिमेवारी बढेको छ र सेवा ग्राहीलाई हामि प्रति अपेक्षा बढेको छ। अब यो भवनबाट प्रवाहा हुने सेवा त्रुटी रहित हुनेछ र हिजो भन्दा आज राम्रो छ भन्ने स्थापित गर्ने जिम्मेवारी भएकाले यो जिम्मेवारी बोध सम्पूर्ण सरकारी वकिल साथिहरुमा होस्। नागरिकको अपेक्षालाई केन्द्रमा राखेर कार्य गर्नु पर्छ भन्दै उनले करणी र कथनीमा एकै गर्ने मान्छे भेट्न गाह्रो रहेको समयमा त्यो भास्यलाई गलत हुने गरि कार्य गर्न सबै सरकारी वकिल कार्यालयलाई निर्देशन दिएका थिए। उनले सम्बोधनकै चरममा सो भवन निर्माणमा सहयोग गर्ने सम्पुण व्यक्तित्व र कार्यालयको प्रशंशा गर्दै धन्यबाद समेत ब्यक्त गरेका थिए।

 

समुद्घाटन समारोहमा जिल्ला न्याधधिसहरु , प्रमुख जिल्ला अधिकारी ,जिल्ला समन्वय प्रमुख , जिल्ला बारका प्रतिनिधि , जिल्ला स्थित सुरक्षा निकाएका प्रमुख एवं प्रतिनिधि संचारकर्मी लगाएतको उपस्थिति रहेको थियो।

 

 

1260
Shares

ट्रेन्डिङ