सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • चारजना डेढ किलो चरेससहित पक्राउ

चारजना डेढ किलो चरेससहित पक्राउ

1330
Shares
चारजना डेढ किलो चरेससहित पक्राउ

कैलाली, १९ भदौ । कैलालीको घोडाघोडी नगरपालिका – ५ को देउकलियाबाट चारजना करिब डेढ किलो लागुऔषध चरेससहित पक्राउ परेका छन् ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) र इलाका प्रहरी कार्यालय सुखडको टोलीले घोडाघोडी नगरपालिका – १० बस्ने ४८ वर्षीय नरबहादुर घिमिरे, ३१ वर्षीय थानेश्वर घिमिरे, कञ्चनपुरको भीमदत्त नगरपालिका – १ बस्ने २९ वर्षीय सागर बस्नेत र कृष्णपुर नगरपालिकाका ३६ वर्षीय चन्द्र नेपालीलाई एक किलो तीन सय ग्राम चरेससहित पक्राउ गरेको हो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

1330
Shares

ट्रेन्डिङ