सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • काभ्रेमा देह ब्यापार गराएको आरोपमा मनमाया पक्राउ

काभ्रेमा देह ब्यापार गराएको आरोपमा मनमाया पक्राउ

3760
Shares
काभ्रेमा देह ब्यापार गराएको आरोपमा मनमाया पक्राउ

काभ्रे : ईलाका प्रहरी कार्यालय बनेपाले देह ब्यापार गराउने गेष्ट हाउस सञ्चालनकलाई पक्राउ गरेको छ ।

 

बनेपा नगरपालिका वडा नम्बर ८ मा रहेको सगरमाथा गेष्ट हाउसमा महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी ग्राहकहरुसँग यौनजन्य कृयाकलापमा संलग्न गराउने आउँदै आएको भन्ने गोप्य सूचनाका आधारमा गएको प्रहरीले सञ्चालकलाई पक्राउ गरेको हो ।

प्रहरी होटल सञ्चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर ७ घर भइ हाल बनेपा नगरपालिका ९ बस्ने बर्ष ४५ की मनमाया तामाङलाई नियन्त्रण लिएको छ ।

तामाङलाई मानव बेचबिखन तथा ओसार पसार मुद्दा शीर्षकमा जिल्ला अदालत काभ्रेपलान्चोकबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान थालिएको ईप्रका बनेपाले जनाएको छ ।

प्रहरीले गेष्ट हाउसबाट २ जना युवतीहरुलाइ उद्दार समेत गरी आफन्तको जिम्मा लगाएको छ ।

3760
Shares

ट्रेन्डिङ