सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • १६ दिनदेखि बेपत्ता मेजरको शव फेला

१६ दिनदेखि बेपत्ता मेजरको शव फेला

5280
Shares
१६ दिनदेखि बेपत्ता मेजरको शव फेला

काठमाडौ :- भदौ १० गतेदेखि बेपत्ता मेजर बिमल पण्डितको शव मंगलबार भेरी नदीमा भेटिएको छ। त्रिपुरासुन्दरी नगरपालिका–५ अन्तर्गत पर्ने करबगाडस्थित चिन्ढेबगरनजिक भेरीको किनारमा मेजर पण्डितको मृत शव फेला परेको हो। डोल्पाको दुनैस्थित नन्दबक्स गुल्मका मेजरलाई भेरीमा माछा मार्न जाल खेल्ने क्रममा स्थानीय शिवकमल सार्कीले भेरी किनारमा शव देखेपछि खदाङ्गस्थित प्रहरी चौकीमा खबर गरेका थिए।

मृत अवस्थामा फेला परेका उनको शव दुईवटा ढुङ्गाको खोल्सामा भेटिएको थियो जहाँ उनको बायाँ हातमा घडी र दायाँ हातको कान्छी औँलामा औठी समेत भेटिएको थियो । शव फेला परेको ठाउँका प्रत्यक्षदर्शी र स्थानीयको उपस्थितीमा मुचुल्का उठाई पोष्टमार्टमका लागि शवलाई जिल्ला अस्पताल दुनैमा लगिएको छ ।

त्यस्तै शव पहिचानका लागि मेजर पण्डितका दाजु कुमार पण्डितसमेत घटनास्थलमा पुगेका थिए। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका डाँछी घर भई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गते अपरान्ह ४ बजेदेखि बेपत्ता भएका थिए।

5280
Shares

ट्रेन्डिङ