सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • सुनको मूल्य अहिलेसम्मकै उच्च

सुनको मूल्य अहिलेसम्मकै उच्च

1195
Shares
सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं  बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । 

सुनको मूल्य तोलामा एक लाख २२ हजार रुपियाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख २० हजार सात सय रुपियाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २१ हजार चार सय रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ९० रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस दुई हजार ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

1195
Shares

ट्रेन्डिङ