सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • तीजको नाचगानमा झगडा हुँदा एक जनाको हत्या

तीजको नाचगानमा झगडा हुँदा एक जनाको हत्या

88770
Shares
तीजको नाचगानमा झगडा हुँदा एक जनाको हत्या

बुटवल :- तीजको अवसरमा भएको नाचगानमा युवाहरुबीच झगडा हुँदा पाल्पाको तिनाउ गाउँपालिका २ दोभान घोंडेबासका पाल्पाका सुनिल खत्रीको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार आइतबार राति साढे १२ बजे ती युवकमाथि चक्कु प्रहार भएको थियो । गम्भीर घाइते खत्रीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा राति पौने दुई बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

महिला नाचिरहेका बेला युवाहरुबीच झगडा भएको थियो । झगडाले उग्ररुप लिएपछि चक्कु प्रहार हुँदा उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

हत्याको आरोपमा ४ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

88770
Shares

ट्रेन्डिङ