सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • काभ्रेमा खेतमा पानी हाल्ने विषयमा झगडा: एक जना घाइते, एक फरार

काभ्रेमा खेतमा पानी हाल्ने विषयमा झगडा: एक जना घाइते, एक फरार

22160
Shares
काभ्रेमा खेतमा पानी हाल्ने विषयमा झगडा: एक जना घाइते, एक फरार

काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका वडा नम्बर २ मा खेतमा पानी हाल्ने विषयलाई लिएर झगडा भएको छ ।

स्थानीय चन्द्रध्वज तामाङ र सोही ठाउँमा बस्ने ७६ बर्षीय डिल बहादुर भण्डारीबीच खेतमा पानि हाल्ने बिषयलाई लिएर झगडा भएको हो ।

विवाद बढ्दै जाँदा चन्द्रध्वज तामाङले डिल बहादुर भण्डारीलाई कुटपिट गरी घाईते भएको प्रहरीले जनाएको छ । घाइते भण्डारीको उपचार धुलिखेल अस्पताल भइरहेको छ ।

घाइतेको अवस्था मध्यम रहेको छ भने दाहिने हात भाँचिएको हुन सक्ने प्रहरीले जनाएको छ । कुटपिट गर्ने चन्द्रध्वज फरार रहेका छन् । उनको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

22160
Shares

ट्रेन्डिङ