सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • रास्वपाको नेता धान काट्न सहयोग गर्दै खेतखेतमा

रास्वपाको नेता धान काट्न सहयोग गर्दै खेतखेतमा

15860
Shares
रास्वपाको नेता धान काट्न सहयोग गर्दै खेतखेतमा

काभ्रे :- रास्टिय स्वतन्त्र पार्टी काभ्रेले नौलो अभियानको थालनी गरेको छ। आज जनताको खेतमा रास्वपा काभ्रेका नेताकार्यकर्ताले धान काटेर सहयोग गर्दै नौलो अभियानको थालनी गरेको हो। बनेपाको स्थानीय वडा न १४ निवासी बिष्णु गुरुङ्लाई धान भित्राउन सहयोग गर्दै नौलोइ अभियानको थालनी गरेको रास्वपा काभ्रेका नेताहरुले जानकारी दिएका छन्। गत असोज ११ गते बनेपा नगर भेलालाई सम्बोधन गर्दै रास्वपाका केन्दीय सभापति रवि लामिछानेले अब रास्वपाले जनताका काममा पनि हात बढाउने र धान काट्ने अभियान संचालन गर्न निर्देशन दिएका थिए।

सोहि निर्देशन बमोजिम आज बनेपा नगरपालिका वडा न १४ मा बनेपा नगरको वडा न १४ वडा कार्यसमिति र बनेपा नगर कार्यसमितिको आयोजनामा रास्वपा काभ्रेका नेता तथा कार्यकर्ताहरु भेला भएर वडा न १४ निवासी बिष्णु गुरुङ् को करिब ६ रोपनी खेतमा लगाएका धान भित्राउनका लागि रास्वपा काभ्रेले सहकार्य गरेको हो।

गुरुङ्गको घरमा श्रीमती पनि विमार रहेको र अहिले ज्याला गरेर कार्य गर्न सम्म असाद्दै महाङ्गगो भएको समयमा रास्वपाको सहयोग पाउदा अत्यन्तै खुसिलागेको गुरुङ्गले बताए। गुरुङ्गका रास्वपाको सहयोगले आफ्नो १०/१२ हजार बाच्ने बताए , अन्य अशक्त भएका र आर्थिक स्थितिकम भएका व्यक्ति लाई यस्ता खालको सहयोगले अत्यन्तै राहात् मिल्ने उनले बताए।

सबै राजनैतिक दलका नेताहरुले सहर केन्दित र सभा सम्मेलनम मात्र केन्द्रित भएका हुदा हाम्रो पाटि सभापतिकै आवहान अनुरुप हामीले किसानका समस्या बुझ्नु पर्छ भन्ने हेतुले हामीले आज स्थानीय सहयोग आवद्स्यक रहेका ब्यक्त्तिलाई सहयोग स्वरुप धान काट्न सहयोग गरेका छौ । हामीलाई पाटि सभापतिले दिनुभएको निर्देशन बमोजिम नै हामि स्थानीय किसान\लाई सहयोग गर्न आएका हौ। देश भर एउटा संदेश जावस भन्ने हेतुका साथ सुरु गरिएको र र यस्तो कार्यलाई काभ्रेका १३ वटा नै स्थानीय तह सम्म अभियानकै रुपमा लैजाने गरि कार्यभैरहेको पनि बागमती प्रदेशका सदस्य एवं जिल्ला उप संयोजक समेत रहेकी पुण्य माता धिमिरेले धानकाट्दै गर्दा वताएकि छन्।

पुराना राजनैतिक दलले पनि हाम्रो दलले गरेका कार्यको अनुसरण गर्दै गएको बर्तमान अवस्थामा हामीले किसानकै समस्यामा हाम्रो हातेमालो हो। हाम्रा सबै समिति भएका स्थानिय तहमा हामीले यो अभियानलाई लैजान्छु। यो हाम्रो स्टण्ड हैन , किसानको समस्यामा हातेमालो मात्र रहेको रास्वपा काभ्रे क्षेत्र न २ का क्षेत्रिय सदस्य जि एन सापकोटाले बताए। हामीले सहयोग गर्दा किसान खुशी रहेका बताउदै छन्। चुनाबका बेलामा मात्र हैन अन्य समयमा पनि राजनैतिक दल भन्या संगै हुनु पर्छ भन्ने संदेश दिन चाहान्छु। र अन्य पुराना राजनैतिक दल हरुलाई पनि सकारात्कम कदमलाई आत्मसाथ गर्दै सचिएर अगि बडन समेत सापकोटाले अनुरोध गरेका छन्।

15860
Shares

ट्रेन्डिङ