सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • गाउँपालिका अध्यक्षले गाडी सिक्ने क्रममा दुर्घटना

गाउँपालिका अध्यक्षले गाडी सिक्ने क्रममा दुर्घटना

3530
Shares
गाउँपालिका अध्यक्षले गाडी सिक्ने क्रममा दुर्घटना

रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानले गाडी सिक्ने क्रममा दुर्घटनामा परेको छ । अध्यक्ष माेक्तानले सिक्ने क्रममा मङ्गलवार प्रदेश–३–०१–००२ झ ५१०६ नम्बरकाे गाडी (जीप) दुर्घटनामा परेकाे हाे ।

अध्यक्ष मोक्तानले कार्यालय परिसरमा पार्किङ गरेर राखेको गाडीकाे चाबी चालकसँग मागेर आफैँले चलाएर स्वास्थ्य चौकी टोकरपुरसम्म लैजानुभएकाे थियाे । उहाँले त्याे गाडी स्वास्थ्य चौकीबाट फर्काएर कार्यालय परिसरमा ल्याएर पुनः परिसरबाट बाहिर निकाल्ने क्रममा दुर्घटनामा परेको हो । गाडी दुर्घटनामा परे पनि अध्यक्ष माेक्तान सकुशल हुनुहुन्छ ।

अध्यक्ष मोक्तानले गाडी निकाल्दै गर्दा अकस्मात् एक्सिलेटर दबाउँदा हुत्तिएर पालिकाको भवनमुनि रहेकाे चिस्यान केन्द्रको भवन नजिकै ठोकिएकाे थियो । गाडी ठाेकिँदा अगाडिकाे भागमा क्षति पुगेकाे छ । अहिले त्याे गाडीलाई चालकले त्रिपाल ओढाएर राखेका छन् । गाडी दुर्घटनामा परेपछि अध्यक्ष माेक्तान अर्कै गाडी लिएर काठमाण्डाै जानुभएकाे गाउँपालिकाका एक कर्मचारीले बताए ।

गाउँपालिकाको गाडी चलाउन पालिकाले नै चालक भर्ना गरेर राखे पनि चालक अनुमति पत्र विना नै अध्यक्ष मोक्तानले गाडी सिक्ने क्रममा दुर्घटनामा परेकाे र त्याे गाडी मर्मतको खर्च पालिकाले बेहाेर्छ कि अध्यक्ष माेक्तानले बेहाेर्छन् भन्दै सामाजिक सञ्जाल प्रयाेगकर्ताहरूले प्रश्न साेधेका छन् ।

3530
Shares

ट्रेन्डिङ