सबैको समाचार
शनिबार, बैशाख १५, २०८१

दुर्घटनामा परि आठ घाइते

275
Shares
दुर्घटनामा परि आठ  घाइते

नारायणगढ । नारायणगढ मुग्लिन सडकको रामनगरमा बिहीबार बिहान दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । 

 झापाबाट काठमाडौँ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१(००६ ख ४८८८ नं। को यात्रु बसको पहाडी   ग २ ख २२५ नं को हायस अनियन्त्रित भई ठक्कर खाँदा दुर्घटना भएको हो । 

दुर्घटनामा परी  चितवन भरतपुर मनपा ११ बस्ने वर्ष ४४ की मिना सापकोटा,  भरतपुर ५ बस्ने वर्ष ४० को केशर साह,  भरतपुर २१ बस्ने वर्ष ४४ को मेकना तामाङ ,  भरतपुर १४ बस्ने वर्ष ५३ को हरिराम ढकाल, वर्ष ५१ की धनुमाया ढकाल,  भरतपुर २ बस्ने बर्ष ३० को काशी उपरकोटी,  भरतपुर, २० बस्ने वर्ष ४७ को तुल बहादुर घले र  गोर्खा सिरान चोक गापा १ बस्ने वर्ष २६ की प्रीति रम्तेल घाइते भएका छन् ।

घाईतेहरुको भरतपुरका विभिन्न अस्पतालमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

275
Shares

ट्रेन्डिङ