सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • जीप दुर्घटना हुँदा १ जनाकाे ज्यान गयाे, ५ जना घाइते

जीप दुर्घटना हुँदा १ जनाकाे ज्यान गयाे, ५ जना घाइते

1070
Shares
जीप दुर्घटना हुँदा १ जनाकाे ज्यान गयाे, ५ जना घाइते

बझाङ । बझाङमा जीप दुर्घटनामा हुँदा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा जीप दुर्घटना हुँदा त्यही वडाकाे बुड्खोरीका २५ वर्षीय रेशम महतकाे ज्यान गएकाे हाे ।

जिल्ला प्रहरी प्रमुख एवम् वरिष्ठ नायब उपरीक्षक भरतबहादुर शाहका अनुसार भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जीप ‘ब्रेक फेल’ भएर खोरी र नौराकोबीच सडकमा दुर्घटना हुँदा छ जना घाइते भएका थिए । गम्भीर घाइते भएका महतको उपचारका लागि जिल्ला अस्पतालमा लैजाने क्रममा ज्यान गएकाे उपरीक्षक शाहले जानकारी दिनुभयो ।

दुर्घटनामा बुड्खोरीका रामबहादुर धामी, अशोक धामी, सन्तोष धामी, प्रकाश धामी र नीरन धामी घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जीपमा चालक विनोद धामीसहित नौ जना सवार थिए । चालक धामीलाई प्रहरीले पक्राउ लिएको छ ।

1070
Shares

ट्रेन्डिङ