सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • जाँड–रक्सी खाएर झगडा गर्दा १ जनाकाे ज्यान गयाे

जाँड–रक्सी खाएर झगडा गर्दा १ जनाकाे ज्यान गयाे

1075
Shares
जाँड–रक्सी खाएर झगडा गर्दा १ जनाकाे ज्यान गयाे

साेलुखुम्बु । सोलुखुखुम्बुको महाकुलुङ गाउँपालिका–२ पेल्माङमा जाँड–रक्सी खाएर झगडा गर्दा एक जनाको ज्यान गएकाे छ । ज्यान जानेमा महाकुलुङ–२ कै ५० वर्षीय सितलबहादुर राई रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार शुक्रवार राति ८ बजेतिर स्थानीय समित कुलुङको घरमा सितल, समित र धिरनबहादुर राई जाँड–रक्सी खाँदै बसिरहेका थिए । त्यही क्रममा विवाद भई कुटपिट हुँदा सितलबहादुरको ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ । मृतकको घाँटीमा चोट देखिएको र अन्य दुई जनाकाे टाउकाे तथा हातमा रगत लागेकाे देखिएको वडाध्यक्ष प्रदीप राईले जानकारी दिनुभयो ।

समित र धिरनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

1075
Shares

ट्रेन्डिङ