सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सिङ्गापुरसँगको खेलमा नेपाल टस हारेर बलिङमा

सिङ्गापुरसँगको खेलमा नेपाल टस हारेर बलिङमा

715
Shares
सिङ्गापुरसँगको खेलमा नेपाल टस हारेर बलिङमा

काठमाण्डाै । नेपालले आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा सिङ्गापुरसँग खेल्दैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिङ्गापुरले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्दैछ ।

आज सिङ्गापुरलाई हराउँदै नेपाल प्रतियोगितामा शानदार शुरुवात गर्न चाहन्छ । दोस्रो खेलमा नेपालले भोलि मलेसिया र १६ गते बिहीवार ओमानसँग खेल्नेछ।

नेपाल रहेको समूह ‘ए’ मा सिङ्गापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्व कप खेल्न पाउने छन् । त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुने खेल १९ गतेसम्म चल्नेछ।

715
Shares

ट्रेन्डिङ