सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • काभ्रेमा कार दुर्घटना, ४ जना घाइते

काभ्रेमा कार दुर्घटना, ४ जना घाइते

5855
Shares
काभ्रेमा कार दुर्घटना, ४ जना घाइते

काभ्रे । काभ्रे जिल्लाको रोशी गाउँपालिका ८ चारसमयबेसी स्थित बि.पी राजमार्गमा कार दुर्घटना भएको छ ।

दिउसो १२ः १५ मिनेटको समयमा BR06DE4311 नं को महोत्तरी बाट काठमाण्डौ जादैं कार आफैं अनियन्त्रित रोशी खोलामा खस्दा कारमा सवार ४ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागी नार्के मेडिकल पठाएकोमा थप उपचारको लागी धुलिखेल अस्पताल पठाइएको छ ।

घाइतेहरुमा महोत्तरी जिल्ला गौशाला न.पा ५ बस्ने २३ वर्षिय धिरेन चौधरीलाई शरीरको बिभिन्न भागमा चोट लागेको छ। त्यस्तै २० वर्षिया खुस्बु चौधरीको हातमा चोट लागेको छ । १९ वर्षिया प्रमिका चौधरीको शरीरको विभिन्न भागमा चोट लागेको छ र १९ वर्षिया अंजलि चौधरकिो पनि शरीरको बिभिन्न भागमा चोट लागेको छ । घाइतेहरुको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

कार भने पूर्ण रुपमा क्षति भएको जनाइएको छ ।

5855
Shares

ट्रेन्डिङ