सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • भूतखोलामा डुबेर एकको मृत्यु, एक घाइते

भूतखोलामा डुबेर एकको मृत्यु, एक घाइते

760
Shares
भूतखोलामा डुबेर एकको मृत्यु, एक घाइते

पाल्पा | पाल्पाको भुतखोलामा डुबेर मंगलबार एक जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३, दोभान भूतखोलाको पोखरीमा डुबेर सिद्धार्थनगर नगरपालिका–९, बस्ने, २२ वर्षीय बिमल आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

रुपन्देहीको भैरहवाबाट घुम्न आएका आचार्य र २६ वर्षीय युना दाहाल भूतखोला पोखरीमा अचानक डुबेको र स्थानीयले उद्दार गरी उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाएकामा चिकित्सकले आचार्यलाई मृत घोषणा गरेका थिए ।

घाइते अवस्थामा रहेकी दाहालको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । घटनाको सम्बन्न्धमा थप अनुसन्धान भइरहेको छ ।

भूतखोलामा रहेको पोखरी र झरना अवलोकन गर्ने आउनेहरु अकालमै ज्यान गुमाउने गरेका हुन् । तथ्यांक अनुसार हरेक वर्ष भूतखोलामा पौडी खेल्न, घुम्न, फोटो खिच्न जानेहरु ६ जनाको मृत्यु हुने गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

प्रदेश र स्थानीय सरकाले बिना अध्ययन जथाभावी निर्माण गरेको संरचनाले हरेक वर्ष गर्मी सिजनमा पौडी खेल्न जाने र अन्य सिजनमा फोटो खिच्न जानेहरु चिप्लिएर लड्ने गरेका हुन् । पर्यटकीय स्थल भनेर विकास गरेका स्थल असुरक्षित देखिएकाले प्रदेश र स्थानीय सरकारले पनि लगानी गर्दा ध्यान दिनुपर्ने स्थानीय टुकबहादुर सारु मगरले सुझाव दिए ।

गत वर्ष प्रदेश सरकारले पर्यटकीय क्षेत्र भूतखोला व्यवस्थित गर्न २५ लाख बजेट विनियोजन गरेको थियो । डिभिजन वन कार्यालय र स्थानीय सामुदायिक वनले व्यस्थित गर्ने योजना अघि सारे पनि सुरक्षाको प्रबन्ध भने नमिलाएको स्थानीयको आरोप छ ।

760
Shares

ट्रेन्डिङ