सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • रास्वपा सभापति रबि लामिछाने गृह जिल्ला काभ्रे आउदै , ४ नगरभेलालाई सम्बोधन गर्ने

रास्वपा सभापति रबि लामिछाने गृह जिल्ला काभ्रे आउदै , ४ नगरभेलालाई सम्बोधन गर्ने

2845
Shares
रास्वपा सभापति रबि लामिछाने गृह जिल्ला काभ्रे आउदै , ४ नगरभेलालाई सम्बोधन गर्ने

काभ्रे :आगामी असोज ११ गते रबि लामिछाने गृह जिल्ला काभ्रेका विभिन्न पालिकाहरुको भेलालाई सम्बोधन गर्न आउने भएका छन् l राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेले आफ्नो पार्टी विस्तार कार्य तिब्र गतिमा गरिरहेको अवस्थामा काभ्रेक ४ पालिकाका भेला यहि ११ गते केन्द्रिय सभापति माननीय रबि लामिछानेको प्रमुख आतिथ्यताका साथ सम्पन्न गर्ने गरी कार्यतालिका निर्माण गरेर तयारी भैरहेको जिल्ला संयोजन तथा वाग्मती प्रदेश सदस्य प्रविण ढकालले जानकारी दिएका छन्।

काभ्रेको ब्यापारी नगरी बनेपामा विहान ७ : ३० बजे र जिल्ला सदरमुकाम सम्म रहेको धुलिखेल नगरको विहान ९ : ३० बजे र दिउसो १ बजेका लागि बेथान्चोक र दिउसो ३ बजे भने पनौतीको नगर भेला सम्पन्न गर्ने गरी रास्वपा काभ्रेले तयारीलाई तिब्रगतिमा लागिरहेको छ ।

रास्वपाले नगरभेला संगै नगर र पालिकाको नेतृत्व चयन पनि गर्ने छ। सो संगै नगरका सम्पर्क कार्यलय समेत सोहि दिन सुभारम्भ गर्ने गरी कार्यक्रमको कार्यतालिका निर्माण गरिएको जिल्ला संयोजक ढकालले जानकारी दिएका छन् ।नगर भेलालाई सम्बोधन गर्न माननीय केन्द्रीय सभापति रबि लामिछाने , केन्द्रीय सदस्य रमेश प्रसाई रास्वपा नेता रमेश खरेल , रास्वपा क्षेत्रिय समिति र वडा समितिका नेता तथा कार्यकर्ताको सहभागिता हुने छ।

 

केन्द्रीय सभापति रबि लामिछानेले सम्बोधन गर्ने हुदा कार्यक्रमको तयारी भब्य तरिकाले भैरहेको र सबैमा सहभागिता जनाएर हामीलाई हौसल्ला प्रदान गर्न पनि जिल्ला संयोजक ढकालले अपिल गरेका छन्।

 

असोज ११ गते बिहीबार दिनभरको रास्वपाकाभ्रेको कार्यक्रमको तालिका :- 

बनेपा कार्यक्रम स्थल : बनेपा पार्टी भेन्यु

समय:बिहान ७:३०

स्वागत :घण्टी बजायर राष्ट्रिय झन्डा ,पार्टीको झन्डा सहित,नगरको संस्कृती झल्किने हाकुपटासि/धिमे बाजासहित कार्यक्रम स्थल प्रस्थान।

धुलिखेल को कार्यक्रम स्थल :धुलिखेल नगरको सभा भवनको हल

स्वागत :घण्टी बजायर राष्ट्रिय झन्डा ,पार्टीको झन्डा सहित,नगरको संस्कृती झल्किने हाकुपटासि/धिमे बाजासहित कार्यक्रम स्थल प्रस्थान।

समय :बिहान ९:३०

बेथानचोक : तीनदोबाटो ,पुरानो बसपार्क,गेल्डुङबजार

समय:दिउँसो १ बजे

स्वागत :घण्टी बजायर राष्ट्रिय झन्डा ,पार्टीको झन्डा सहित,पालिकाको संस्कृती झल्किने बाजासहित कार्यक्रम स्थल प्रस्थान।

पनौती :ताम्राकार पार्टी भेन्यु

समय:दिनको ३ बजे

स्वागत :घण्टी बजायर राष्ट्रिय झन्डा ,पार्टीको झन्डा सहित,नगरको संस्कृती झल्किने बाजासहित कार्यक्रम स्थल प्रस्थान।

 

 

गर्ने गरी रास्वपा काभ्रेले कार्यतालिका निर्माण गरेको छ। सोहि अनुरुप पालिका भेला गरेर पालिकाको नेतृत्व गर्ने नया कार्यसमिति समेत निर्माण गर्नेछ।

2845
Shares

ट्रेन्डिङ