सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बनेपाको मेयरमा शान्ति रत्न शाक्य विजयी

बनेपाको मेयरमा शान्ति रत्न शाक्य विजयी

21350
Shares
बनेपाको मेयरमा शान्ति रत्न शाक्य विजयी

काभ्रे : बनेपा नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार नगर प्रमुखमा गठबन्धनका शान्ति रत्न शाक्य र उप-प्रमुखमा नेकपा एमालेको तर्फबाट बिमला सापकोटा दाहाल निर्वाचित हुनुभएको हो ।

शाक्यले १३ हजार ७९३ मत ल्याउनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका रत्नकुश रंजितकारले ११ हजार ८३५ मत प्राप्त गर्नुभएको छ । दाहालले ११ हजार ९९२ मत पाएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी रगुबर चौ प्रधानले १० हजार ५१५ मत पाउँनु भएको छ ।

बनेपा नगरपालिकामा ७ वटा वडामा नेकपा एमालेका वडाअध्यक्ष, ६ वटा वडामा नेपाली काँग्रेस र एक वडामा नेकपा एकीकृत समाजवादीले वडाअध्यक्ष पद जितेको छ ।

नेकपा एमालेले वडा नम्बर १, ४, ५, १०, ११, १२ र १३ मा जितेको हो । यस्तै नेपाली काँग्रेसले वडा नम्बर २, ३, ७, ८, ९ र १४ मा जितेको छ भने नेकपा एकीकृत समाजवादीले वडा नम्बर ६ मा जितेको छ ।

21350
Shares

ट्रेन्डिङ