सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • खेलाडीलाई प्रतिव्यक्ति १३ लाख पुरस्कार

खेलाडीलाई प्रतिव्यक्ति १३ लाख पुरस्कार

855
Shares
खेलाडीलाई प्रतिव्यक्ति १३ लाख पुरस्कार

काठमाण्डाै | राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आईसीसी टी–२० विश्वकपमा छनोट भएका नेपाली क्रिकेट टोलीलाई पुरस्कारको सिफारिस गर्ने निर्णय गरेको छ ।

राखेपले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजले संयुक्त आयोजना गर्ने आईसीसी टी–२० विश्वकपमा छनोट हुन सफल नेपाली क्रिकेट टोलीको नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको हो ।

राखेपले १५ खेलाडी तथा समान १–१ मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी जम्मा १९ जनाका लागि २ करोड ४ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको हो।

जसमा विश्वकपमा छनोट भएका प्रति खेलाडी १३ लाख, मुख्य प्रशिक्षकका लागि ३ लाख ९० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोका लागि १ लाख ९५ हजार नगद पुरस्कार सिफारिस गरिएको छ।

855
Shares

ट्रेन्डिङ