सबैको समाचार
आइतवार, बैशाख १६, २०८१

कस्तो रहनेछ आजको मौसम ?

760
Shares
कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं, मंसिर ४ : हाल देशको पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागको मौसम सामान्यत: सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ ।

आज दिउँसो गण्डकी प्रदेशलगायत पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यत: सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति आंशिक बदली भई कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुनेछ ।

भोलि (मंगलबार) कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना हुने महाशाखाले जनाएको छ ।

बुधबार पनि कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी भूभागमा आंशिक बदली हुनेछ भने बाँकी भूभागको मौसम सामान्यत: सफा रहने महाशाखाले जनाएको छ ।

760
Shares

ट्रेन्डिङ