सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • मण्डनदेउपुर नगरपालिकाको बजेट १ अर्ब ७ करोड ९९ लाख ९८ हजार रुपैयाँ टेबल

मण्डनदेउपुर नगरपालिकाको बजेट १ अर्ब ७ करोड ९९ लाख ९८ हजार रुपैयाँ टेबल

3645
Shares
मण्डनदेउपुर नगरपालिकाको बजेट १ अर्ब ७ करोड ९९ लाख ९८ हजार रुपैयाँ टेबल

काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम र बजेट नगर सभा समक्ष टेलब गरिएको छ ।

आज नगरप्रमुख टोक बहादुर वाईबाले नगर सभाको १३ औँ अधिवेशन समक्ष नीति तथा कार्यक्रम टेबल गर्नुभएको हो । त्यस्तै उपप्रुमख विष्णुमणी नेपालले बजेट टेबल गर्नुभएको छ ।

नगरसभामा १ अर्ब ७ करोड ९९ लाख ९८ हजार रुपैयाँ बजेट टेबल गरिएको छ । जसमा १६ करोड सामाजिक सुरक्षा भत्ता सहित हो । सामाजिक सुरक्षा बाहेक कुल विनियोजित बजेटमध्ये ४७ करोड ६५ लाख ५८ हजार अर्थात ५१.८ प्रतिशत र पूँजीगत तर्फ कुल बजेटको ४४ करोड ३८ लाख ३९ हजार ०३३ अर्थात ४८.२० प्रतिशत रहेको छ ।

संघीय समानीकरण अनुदानबाट १० करोड ८५ लाख, प्रदेश समानीकरण अनुदानबाट १ करोड ९ लाख ६ हजार अनुमान गरिएको छ । त्यस्तै संघीय सर्शत अनुदानबाट २७ करोड १६ लाख, प्रदेश सर्शत अनुदानबाट २ करोड २० लाख ९८ हजार, संघीय समपूरक अनुदानबाट ८० लाख, प्रदेश समपूरक ३ करोड, संघीय विशेष अनुदान २ करोड, आन्तरिक राजश्व १३ करोड ९० लाख रुपैयाँको अनुमान गरिएको छ ।

न्गरपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न गर्नका लागि ३ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । प्रत्येक वडाको पूर्वाधार विकास, सामाजिक विकास, सुशासन तथा सेवा प्रवाह कार्यक्रमका लागि ४ करोड ८० लाख विनियोजन गरिएको छ । नगरभित्रका भित्री सडकहरु सरसफाईका लागि १६ लाख ५० हजार विनियोजन गरिएको छ ।

साना तथा लघु प्रकृतिको योजना निमाृण तथा मर्मत सम्भारका लागि ६५ लाख विनियोजन गरिएको छ । जिसस काभ्रेको संगको समन्वयमा स्वास्थ्य संस्था तथा विद्यालयको पूर्वाधार निर्माण र मर्मतका लागि ५५ लाख रुपैयाँ ५५ लाख विनियोजना गरिएको छ ।

स्वास्थ्य सेवा नागरिकको पहुँच बृद्धि, स्वास्थ्य बिमा, औषधी तथा उपकरण खरिद, नगर अस्पताल सञ्चालन तथा अस्तापल स्तरोन्नतिका लागि ४ करोड ८० लाख विनियोजन गरिएको छ ।

नगर सभामा ९ वटा विद्येयक र प्रतिवेदन प्रेश भएका छन् । यी विद्येयक र प्रतिवेदन तर्फ दफाबार छलफल हुने सभाका अध्यक्ष एवं नगरप्रमुख टोक बहादुर वाईबाले जानकारी दिनुभयो । नगर सभा अध्यक्ष वाईबाले अर्को बैठक असार १५ गते बिहान ७ बजे बस्नेगरी सभा स्थगन गर्नुभएको छ ।

 

3645
Shares

ट्रेन्डिङ