सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • धुलिखेलको एक घरमा भिषण आगलागी

धुलिखेलको एक घरमा भिषण आगलागी

1620
Shares
धुलिखेलको एक घरमा भिषण आगलागी

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर ११ बाँनियाछापको एक घर आगलागी भएको छ ।

स्थानीय बलराम धितालको ढुङगा माटो र जस्ताले छाएको ३ तल्ले घरमा आज बिहान अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

आगलागीको कारण खुलेको छैन् । घर नजिकै रहेको जस्ताको छानाले बारेको गोठमा समेत आगलागि भएको भएको छ । घरमा मानिस बस्ने नगरेको प्रहरीले जनाएको छ ।

अन्नपात राख्ने गरिएको थियो । मानवीय र चौपाया क्षति नभएको प्रहरीको भनाई छ । आगो धुलिखेल नगरपालिकाको दमकल र स्थानियको सहयोगमा निभाइएको थियो । क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

1620
Shares

ट्रेन्डिङ