सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ

लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ

600
Shares
लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ

सिरहा | सिरहाबाट लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लहान नगरपालिका ११ बस्ने ३२ वर्षीय सञ्जय चौधरी र २० वर्षीय अभिशेष चौधरी रहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेले जानकारी दिए ।

डिएसपी पाण्डेका अनुसार दुबैजनालाई बुधबार राति करिब ९ बजे ४ ग्राम ब्राउनसुगर र डिजिटल तराजुसहित लहान नगरपालिका १ लोकतन्त्र चोकबाट नियन्त्रणमा लिइएको हो ।

सिरहा जिल्ला अदालतबाट १० दिनको म्याद थप गराई ईलाका प्रहरी लहानको हिरासतमा राखेर उनीहरुमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

600
Shares

ट्रेन्डिङ