सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • धुलिखेलका बिपन्न महिलालाई नि:शुल्क बंगुर र कुखुरा

धुलिखेलका बिपन्न महिलालाई नि:शुल्क बंगुर र कुखुरा

4620
Shares
धुलिखेलका बिपन्न महिलालाई नि:शुल्क बंगुर र कुखुरा

काभ्रेको धुलिखेल नगरपालिकाले बिपन्न महिलालाई नि:शुल्क बंगुर र कुखुरा वितरण गरेको छ । चालु आर्थिक वर्ष २०७७/७८ को महिलासंग उपमेयर कार्यक्रम अन्तर्गत बिपन्न महिलालाई बंगुर र कुखुरा वितरण गरिएको हो ।

नगरभित्रका सबै वडाका बिपन्न महिला छनौट गरेर नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठ र उपप्रमुख बिमला शर्माले आज बंगुर र कुखुरा वितरण गर्नुभएको हो । व्यवसायिक पशु पालन तर्फ आकर्षित गर्ने उद्देश्यले बंगुर र कुखुरा वितरण गरिएको नगरप्रमुख ब्याञ्जुले बताउनुभयो ।

नगरपालिकाले १९ जना बिपन्न महिलालाई ५०/५० वटा खुकुरा नि:शुल्क वितरण गरिएको हो । त्यसैगरी १५ जना बिपन्न महिलालाई २/२ वटा बंगुर वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

यसअघि पनि नगरपालिकाले नगरभित्रका बिपन्न महिलालाई बाख्रा वितरण गरेको थियो । १३५ जना विपन्न महिलालाई नि:शुल्क बाख्रा वितरण गरिएको हो ।

‘आर्थिक रूपमा कमजोर बिपन्न महिलाहरूको आयआर्जन बृद्धि गर्ने उद्देश्यले बाख्रा, बंगुर र कुखुरा वितरण गरिएको हो, नगरप्रमुख ब्याञ्जुले भन्नुभयो ‘नगरबासी आर्थिक रूपमा अब्बल हुनुभयो भने नगरपालिका विकासमा ठूलो सहयोग हुन्छ ।’

4620
Shares

ट्रेन्डिङ