सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • काभ्रेमा सुन जस्तो देखिने २० तोला पहेलो धातु सहित १ जना पक्राउ

काभ्रेमा सुन जस्तो देखिने २० तोला पहेलो धातु सहित १ जना पक्राउ

1655
Shares
काभ्रेमा सुन जस्तो देखिने २० तोला पहेलो धातु सहित १ जना पक्राउ

काभ्रे | सुन जस्तो पहेँलो देखिने २० तोला धातु सहित १ जनालाई काभ्रे प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बनेपा नगरपालिका वडा नं ७ वकुटोल बस्ने भारत महाराष्ट्र प्रदेश सांङ्ली घर भएका ३९ वर्षीय सचिन विभुतेलाई सोमबार राति पक्राउ गरेको हो ।

प्रहरीले उनको साथ बाट बिल नभएको सुन जस्तो देखिने २० तोला पहेलो धातु, चाँदी जस्तो देखिने १६२ तोला सेतो धातु र स्रोत नखुलेको नेपाली ५ लाख ७८ हजार १ सय ३५ रूपैया र २२ हजार भारु समेत बरामत गरेको छ ।

इलाका प्रहरी कार्यालय बनेपाको नियन्त्रणमा रहेका विभुतेलाई कारवाहीको लागि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

1655
Shares

ट्रेन्डिङ