सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेमा अवैध रूपमा ल्याएको चिनी बरामद

काभ्रेमा अवैध रूपमा ल्याएको चिनी बरामद

740
Shares
काभ्रेमा अवैध रूपमा ल्याएको चिनी बरामद

काभ्रेपलाञ्चोक | काभ्रेको रोशी गाउँपालिका ९ मंगलटार प्रहरी चेक पोष्टले अवैध चिनी बरामद गरेको छ । बुधबार बिहान प्रहरी निरीक्षक पञ्चलाल गोलेको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा संखुवासभा खादबारीबाट काठमाडौँतर्फ जाँदै गरेको गरेको बाप्र ०३–००१ ख १९६६ नं को बस चेकजाँच गर्ने क्रममा अवैध चिनी बरामद गरिएको हो ।

उक्त बसको हुट र डिकीमा अवैध रुपमा लुकाइछिपाइ ल्याएको ३३ बोरा (करिब १६५०किलो) बराबरको चिनी बरामद गरिएको र उक्त बससँगै चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

740
Shares

ट्रेन्डिङ