सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • काभ्रेको मण्डनदेउपुर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको घरदैलो अनुगमन

काभ्रेको मण्डनदेउपुर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको घरदैलो अनुगमन

5280
Shares
काभ्रेको मण्डनदेउपुर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको घरदैलो अनुगमन

काभ्रे : काभ्रेको मण्डनदेउपुर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको घरदैलोमा गई अनुगमन गरिएको छ । नगरपालिका अगाङ्ग समन्वय समितिले नगरपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरुको घर परिवारको घरदैलोमा नै गई अनुगमन गरेको हो ।

अपाङ्गता भएका व्यक्तिहरुको हालको अवस्था के कस्तो छ भनेर अनुगमनन गरिएको नगरपालिकाका उपप्रमुख निमार्ण शाहीले बताउनुभयो । नगरपालिकामा करिब ५ सय जना विभिन्न वर्गका अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् । उहाँका अनुसार गत बर्ष पनि अनुगमनको काम गरिएको थियो ।

गत बर्ष अनुगमन गर्दा सबै ठाउँमा पुग्न नसकेको कारण पनि यो बर्ष यो कार्यक्रमलाई नियमितता दिइएको हो । यो बर्ष पनि अनुगमन गर्दा सरसफाई लगायतका कुराहरु निकै राम्रो रहेको पाइएको छ । त्यसैगरी अपाङ्गता भएका व्यक्तिहरुलाई सरसफाईको सामग्रिहरु समेत वितरण गरिएको छ ।

सरसफाईका सामानसँगै रिमरेकको सहयोगमा न्यानो कपडा पनि वितण गरिएको नगरपालिकाका उपप्रमुख निमार्ण शाहीले जानकारी दिनुभयो । नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सिपमूलक तालिम दिने तयारी पनि गरिरहेको छ ।

5280
Shares

ट्रेन्डिङ