सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • धुलिखेलमा टेलर गाडीले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरी घाइते , छोरीको अवस्था गम्भीर

धुलिखेलमा टेलर गाडीले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरी घाइते , छोरीको अवस्था गम्भीर

935
Shares
धुलिखेलमा टेलर गाडीले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरी घाइते , छोरीको अवस्था गम्भीर

धुलिखेल स्थित धुलिखेल नगरपालिका वडा नं ८ मा टेलर गाडीले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरी घाइते भएका छन् ।

आज बिहान ७ बजेर ४० मिनेटको समयमा धुलिखेलबाट खावा तर्फ जाँदै गरेको ६५ प ३९७५ नं को मोटरसाइकललाई सोहि दिशाबाट आउँदै गरेको ना ३ ख ७६७९ नं को टेलर गाडिले ठक्कर दिँदा बाबु छोरी घाइते भएका हुन् ।

घाइते दुवैको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये काठमाडैौं बौद्ध बस्ने ब्यास कार्कीको हात खुट्टामा सामान्य चोट लागेको र मोटर साइकल पछाडी सवार चालककी छोरी सृजना कार्कीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुवै सवारी र टेलर चालक प्रहरीको नियन्त्रणमा रहि थप अनुसनधानको कार्य भइरहेको प्रहरीले जनाएको छ ।

935
Shares

ट्रेन्डिङ