सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • एक्स्काभेटर पल्टिँदा १ जनाको मृत्यु

एक्स्काभेटर पल्टिँदा १ जनाको मृत्यु

520
Shares
एक्स्काभेटर पल्टिँदा १ जनाको मृत्यु

सल्यान | सल्यानमा एक्स्काभेटर पल्टिँदा सहचालकको मृत्यु भएको छ । शनिबार बिहान बाग्चौर नगरपालिका–३, स्यालगैह्रास्थित भित्री सडकखण्डमा रा १ क ८५९ नम्बरको तिरुपाते निर्माण सेवाको एक्स्काभेटर दाङको गढुवा गाउँपालिका–५ का २४ वर्षीय दीपेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए । चौधरीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याउन थालिएको उनले जानकारी गराए ।

प्रहरीका अनुसार एक्स्काभेटर नियन्त्रित भएर सडकदेखि १० मिटर तल खसेर दुर्घटनामा परेको थियो । बाग्चौर नगरपालिका–२ का चालक २२ वर्षीय दीपक डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

520
Shares

ट्रेन्डिङ