सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेमा गठबन्धनको ‘च्यापटर क्लोज’ !

काभ्रेमा गठबन्धनको ‘च्यापटर क्लोज’ !

46830
Shares
काभ्रेमा गठबन्धनको ‘च्यापटर क्लोज’ !

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि काभ्रेमा गठबन्धन लगभग नहुने भएको छ ।

अहिलेसम्म सत्ता गठबन्धनमा रहेका जिल्ला स्तरीय नेताहरुको हाउभाउ हेर्दा गठबन्धन नहुने निश्चित भएको हो । पछिल्लो दिनमा सत्ता गठबन्धनभित्र आफ्नो कार्यकर्ता कसरी सेटल गराउने भन्ने विषयले मुख्य भुमिका खेलेको पाइएको छ ।

मन र मत मिलाउन गठबन्धनभित्र लगभग असम्भव देखिएको छ । सुरुकै दिनमा खास मोडालिटि सहित जाने निर्णय गरेको नहुँदाको परिणम अहिले सत्ता साझेदार दलमा देखिएको छ ।

गठबन्धन गर्ने र नगर्ने भन्ने सबै भुमिका नेपाली कांग्रेससंग निर्भर छ । कांग्रेस काभ्रेमा पनि जीतको उन्माद देखिएको छ । जसका कारण गठबन्धनका दलहरुबीच तीब्र खटपट आएको छ । एकले अर्को दललाई स्वीकार्न मुस्किल देखिएको छ ।

खासगरी कांग्रेस र माओवादी केन्द्र नेकपा (एकीकृत समाजवादी) पार्टीलाई पेलेरै जानु पर्छ भन्ने सोचमा देखिएका छन् । नेकपा एस पहिलो पटक निर्वाचनमा होमिदैँ छ । नेकपा एसमा स्थापित नेताहरु भएपनि मतको प्रक्षेपण गर्न निकै मुकिस्ल परेको कांग्रेस र माओवादी केन्द्रको बुझाई छ । जिल्लामा यसअघि सम्पन्न भएका चार ठूलो निर्वाचनमा पनि कांग्रेस र माओवादीले नेकपा एसलाई उचित स्थान दिन आनाकानी गरेका थिए ।

निर्माण ब्यवसायी संघ काभ्रेको जिल्ला अधिवेशनमा त कांग्रेस र माओवादी एमालेसँग मिलेर चुनाव लडेका थिए । नेकपा एसले एक्लै काउण्टर दिएको थियो । जिल्ला बचत तथा ऋण सहकारी संस्थाको निर्वाचनमा पनि कांग्रेस र माओवादीले सहमति तोडेका थिए । जिल्ला बारेको निर्वाचनमा पनि कांग्रेस र माओवादीको दम्भका कारण झण्डै गबन्धन नहुने अवस्था आइसकेको थियो ।

धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनमा मात्रै गठबन्धनका दलहरुबीच उचित समन्वय देखिएको थियो । यी निर्वाचनको समेत समीक्षा गरेर अघि बढ्न कांग्रेसका नेताहरु तयार छैनन् । उनीहरु जतिसक्दो धेरै सिट आफुहरु लिने, माओवादी र नेकपा एसलाई सक्दो खुम्चाउने रणनीतिमा देखिएका छन् ।

जिल्लाको सबै पालिकामा एकछत्र जित सुनिश्चित भए झै कांग्रेसका जिल्ला नेतादेखि कार्यकर्तासम्ममा गठबन्धन विरोधी भावना तीब्र रुपमा विकास भइरहेको छ । आफुलाई जित्न थोरै मत मात्रै आवश्यक पर्ने ठाउँमा कांग्रेस काभ्रेले गठबन्धन गर्न चाहेको छ भने २०७४ सालको निर्वाचनमा विजयी भएको कुनै पनि पालिकामा एक सिट छोड्न कांग्रेस तयार छैन् । २०७४ को निर्वाचनमा कांग्रेसले ४ वटा पालिकामा विजयी हासिल गरेको थियो ।

गठबन्धन नगर्न कांग्रेसका जिल्लादेखि गाउँसम्मका नेता कार्यकर्ताले आफ्नो नेतृत्वलाई खबरदारी गरिरहेका छन् । माओवादी केन्द्र र नेकपा एसलाई साथैमा लिएर जान कांग्रेसको जिल्ला नेतृत्वले पनि आलटाल गरिरहेको छ । कांग्रेसमा एक्लै निर्वाचनमा जाँदा पनि जिल्लामा पहिलो दल बन्न सकिने ब्रिफिङ पालिका सभापतिहरुले समेत गरेको स्रोतको दाबी छ ।

गठबन्धन तत्काल नगर्ने निर्णय गरेर जान पनि कांग्रेस सकिरहेको छैन् । कायम राख्न पनि उचित भुमिका लेखेको छैन् । कांग्रेसले कतिपय पालिकामा गठबन्धन गर्न माओवादी केन्द्र र नेकपा एससंग छुट्टा छुट्टै वार्ता समेत गर्न थालेको स्रोतको दाबी छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली दुई पटक संसद विघटन गर्दा प्रतिगमन भयो भन्दै संगै आन्दोलनमा हिडेका यी दलहरुबीच स्थानीय तहको निर्वाचनमा भने गठबन्धन नगर्ने सोचमा विशेषगरी कांग्रेस कार्यकर्ताको ठूलो पंक्ति उभिएको छ ।

46830
Shares

ट्रेन्डिङ