सबैको समाचार
बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • मानव तस्करीमा सघाउने ट्राभल्स सञ्चालक पक्राउ

मानव तस्करीमा सघाउने ट्राभल्स सञ्चालक पक्राउ

625
Shares
मानव तस्करीमा सघाउने ट्राभल्स सञ्चालक पक्राउ

काठमाडौँ । नक्कली कागजातका आधारमा ‘भिजिट भिसा’मा विदेश पठाउन सहयोग गर्नेलाई प्रहरीले गरेको छ ।

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्ने ‘सिटी टुर्स एण्ड ट्राभल्स’का सञ्चालक ४५ वर्षीय विनोद कार्की रहेका छन् ।

भिजिट भिसामा विदेश जान लागेका युवायुवतीको शङ्कास्पद कागजात सहिद राहदानी, एक हजार पाँच सय १३ थान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट प्राप्त हुन आएकामा सोमध्ये दुई सय ४६ कागजात नक्कली कक्षा १२ को प्रमाणपत्र, श्रम स्वीकृति, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक विवरण नक्कली देखिएकामा उक्त कागजात बनाउने व्यक्तिको पहिचान गर्ने निजलाई पक्राउ गरिएको हो ।

सञ्चालक कार्कीलाई काठमाडौँको बल्खुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी परिसर टेकु पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिएका छन् ।

625
Shares

ट्रेन्डिङ