सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • ‘योगालाई खेलकुदसँग जोडिने’

‘योगालाई खेलकुदसँग जोडिने’

2960
Shares
‘योगालाई खेलकुदसँग जोडिने’

काठमाडौँ, २४ वैशाख । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले योगाको माध्यमबाट व्यक्तिको शरीरमा स्वस्थता आउने तथा मानसिक एकाग्रता हुने भएकाले सरकारले योगालाई खेलकुदसँग जोड्ने योजना बनाएको बताउनुभएको छ ।
नेसनल स्पोर्टस काउन्सिलले आयोजना गरेको प्रथम साउथ एसियन योगा च्याम्पियनशीप–२०१७ को आज ललितपुरमा उद्घाटन गर्दै उहाँले असल आचरण भएका खेलाडी नै देशको राम्रा खेलाडी बन्न सक्ने बताउनुभयो ।
सो मन्त्रालयका सचिव महेशप्रसाद दाहालले योगाले व्यक्तिलाई आत्मनुशासनमा बाँध्ने बताउनुभयो । इण्डियन योगा स्पोर्टस् फेडरेसनका वरिष्ठ उपसभापति सुरजपाल सिंह तथा उपसभापति सुरेन्द्रसिंह चौहानले योगाले नेपाल र भारतबीचको मैत्री सम्बन्धलाई जनस्तरमा प्रगाढ बनाएको धारणा राख्नुभएको थियो । यही वैशाख २६ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा नेपाल, पाकिस्तान, भारत तथा बङ्गलादेशका गरी १६० जनाले प्रतिस्पर्धा गर्ने बताइएको छ । रासस

2960
Shares

ट्रेन्डिङ