सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • उपमेयर चढ्ने गाडीमा आगजनी

उपमेयर चढ्ने गाडीमा आगजनी

775
Shares
उपमेयर चढ्ने गाडीमा आगजनी

जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर चढ्ने गाडीमा आगजनी भएको छ । 

गौशाला नगरपालिका-१ रामनगरमा उपमेयर रेनुकुमारी महतोकै घरको ढोका अगाडि पार्किङ गरेर राखेको गाडीमा राति २ बजेतिर अज्ञात व्यक्ति पेट्रोल छर्केर अगो लगाएका हुन् ।  महतो चढ्ने प्र२-००२-०००१झ०००५ नम्बरको बुलेरो गाडीमा आगजानी भएको हो ।

समयमै थाहा पाएपछि घरपरिवार र स्थानीयबासिन्दाले आगो निभाएपछि क्षति हुनबाट जोगिएको  छ ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवका अनुसार आगलागी समयमै नियन्त्रण गर्दा पनि देब्रे छेउको गाडीको पछाडिको टायर र अगाडिको टायरमा क्षति पुगेको छ ।

घटनास्थलबाट एकवटा दुई लिटरको पेट्रोल राख्ने बोतल बरामद भएको छ ।

775
Shares

ट्रेन्डिङ