सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ठगी आरोपमा लहानका प्रधानाध्यापक पक्राउ

ठगी आरोपमा लहानका प्रधानाध्यापक पक्राउ

525
Shares
ठगी आरोपमा लहानका प्रधानाध्यापक पक्राउ

सिराहा । व्यवसायीलाई ठगी गरेको आरोपमा सिराहा जिल्लास्थित रहेको चन्द्र नमुना  माध्यमिक विद्यालयका प्रधानाध्यापक मधुसूदन कर्ण पक्राउ परेका छन् ।

नेपाल आयरन स्टोर्स एन्ड जनरल सप्लायर्सका सञ्चालक रोशनकुमार यादवले उच्च अदालत जनकपुर अन्तर्गतको राजविराज इजलासमा दायर गरेको मुद्दाको सुनवाइको आधारमा माघ २२ गते पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ  । 

चन्द्र  नमुना माध्यमिक विद्यालयको निर्माण कार्यको लागि सिराहा बजारमा रहेको जनरल सप्लायर्सबाट  पटक पटक सिमेन्ट, छड, तार रङ्ग तथा निर्माण उपयोगी समानहरू लगिएको थियो ।  सल सञ्चालक रोशन कुमार यादवले १७ लाख ४ हजार ५ सय ८१ रुपैयाँको विल बुझाउँदा आलटाल गरेपछि अदालतमा मुद्दा दायर गरेको बताएका छन् ।

पक्राउ परेका कर्णलाई प्रहरीले अनुसन्धान जारी राखेको छ । 

525
Shares

ट्रेन्डिङ