सबैको समाचार
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • असुरक्षित बन्दैछन् जाजरकोटमा त्रिपालमा बस्ने महिलाहरू

असुरक्षित बन्दैछन् जाजरकोटमा त्रिपालमा बस्ने महिलाहरू

880
Shares
असुरक्षित बन्दैछन्  जाजरकोटमा  त्रिपालमा बस्ने महिलाहरू

जाजरकोट । भूकम्पपछि त्रिपालमा बस्दै आएका महिलाहरू दुव्र्यवहारमा पर्ने डरमा छन् । एकातिर ठिहिर्‍याउने जाडो, अर्कोतिर दुव्र्यवहारमा परिने हो कि भन्ने डर उनीहरूलाई छ । रातिको समयमा एक्लै शौचालयका लागि बाहिर निस्किन पर्दा डर लाग्ने गरेको महिलाहरू बताउँछन् । 

भूकम्पपछि त्रिपालमा बस्दै आएकी जाजरकोटकी एक किशोरीमाथि बलात्कार भएको छ । 

त्रिपालमा बस्दै आएकी २१ वर्षकी किशोरीमाथि कात्तिक २६ गते राति साढे ८ बजे बलात्कारको घटना भएको हो । त्रिपालमा बस्दै आएका गोपाल वादीले शौचालय गएकी किशोरीलाई फर्किंदै गर्दा  बलात्कार गरेको भन्दै किशोरीको तर्फबाट जिल्ला प्रहरी कार्यालय जाजरकोटमा मुद्दा दायर भएको छ ।

गोपाललाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । मंसिर १७ गते गोपाललाई जिल्ला अदालत जाजरकोटले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

880
Shares

ट्रेन्डिङ