सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • केयूका तत्कालिन उपकुलपति रामकण्ठ माकाजुलाई कारवाही गर्न आयोगको सिफारिस

केयूका तत्कालिन उपकुलपति रामकण्ठ माकाजुलाई कारवाही गर्न आयोगको सिफारिस

385
Shares
केयूका तत्कालिन उपकुलपति रामकण्ठ माकाजुलाई कारवाही गर्न आयोगको सिफारिस

काभ्रे  । काठमाडौँ विश्वविद्यालयका तत्कालिन उपकुलपति डा. रामकण्ठ माकाजुलाई कारवाही गर्न जाँचबुझ आयोगले सिफारिस गरेको छ । 

मापदण्डनै नपुगेका मेडिकल कलेजहरुलाई सम्बन्धन दिएको पाइएको भन्दै तत्कालिन  उपकुलपति माकाजुलाई कारवाही गर्न सिफारिस गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज सार्वजनिक गरेको ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग– २०७४’को प्रतिवेदनमा केयूका तत्कालिन उपकुलपति माकाजुले पदिय जिम्मेवारी अनुसार काम नगरेकाले प्रचलित कानुन बमोजिम कारवाही गर्न सिफारीस गरेको हो । 

केयू जस्तो प्राज्ञिक र स्वायत्त निकायका उपकुलपतिले गुणस्तरीय चिकित्सा शिक्षाका लागि विशेष ध्यान दिई सक्षम, सवल र दक्ष जनशक्ति उत्पादनमा जोड दिन सक्रिय रहनुपर्नेमा हालका उपकुलपति डा. रामकण्ठ माकाजूकै पालामा सन् २०१४ मा विराट मेडिकल कलेज, विराटनगर र देवदह मेडिकल कलेज, रुपन्देहीलाई तोकिएको मापदण्डअनुसारको भौतिक पूर्वाधार, फ्याकल्टी लगायतका पक्षमा ख्याल नगरी नियमावली नै संशोधन गरी सम्बन्धन दिने नियतले विस्तारित कार्यक्रमका नाममा  संचालन अनुमति दिएको र यस आयोगले स्थलगत अनुगमन गरेका समयमा समेत तोकिएका मापदण्डबमोजिमका पूर्वाधार पूर्णरुपमा पूरा गरेको नदेखिंदा तथा गुणस्तर  सुधारका लागि कुनै ठोस गुरुयोजना र प्रयास नभएको र सक्षम र प्रभावकारी प्रशासनिक नेतृत्वका हैसियतले जिम्मेवारी र उत्तरदायित्व बहन गर्नुपर्नेमा सो गर्नमा उदासीन भएकाले उपकुलपति डा. रामकण्ठ माकाजुलाई प्रचलित कानूनबमोजिम सचेत गराउने’ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

385
Shares

ट्रेन्डिङ