सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • काभ्रेमा ९ किलो गाँजा सहित १ जना पक्राउ

काभ्रेमा ९ किलो गाँजा सहित १ जना पक्राउ

1540
Shares
काभ्रेमा ९ किलो गाँजा सहित १ जना पक्राउ

काभ्रे | काभ्रे प्रहरीले धुलिखेल बाट ९ किलो गाँजा सहित एक जना लाई पक्राउ गरेको छ ।

आज दिउँसो करिब ३ बजे तिर धुलिखेल सरस्वती बजार बाट प्रहरीले जिल्लाको नमोबुद्ध नगरपालिका वडा न ९ बस्ने बर्ष १९ को बिश्वास मोक्तान लाई पक्राउ गरेको हो ।

धुलिखेल नगरपालिका वडा न ७ मयुर बसपार्क नजिकै सडक छेउमा बोरामा गाँजा बोकेर हिडिरहेको छ भन्ने खबर हुना साथ लागू औषध नियन्त्रण व्युरो र जिल्ला प्रहरी कार्यलय काभ्रेको संयुक्त टोलिले मोक्तानलाई नियन्त्रणमा लिएको जानकारी दिएको हो ।

प्रहरीका अनुसार मोक्तानलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको काभ्रे प्रहरी प्रवक्ता एवम डिएसपि राज कुमार श्रेष्ठले जानकारी दिएका छन ।

1540
Shares

ट्रेन्डिङ